साताका १४ तस्बिर : समलिंगीको र्‍यालीदेखि बटुक स्नानसम्म

साताका १४ तस्बिर : समलिंगीको र्‍यालीदेखि बटुक स्नानसम्म

काठमाडौं : पछिल्लाे साता उपत्याकाका विभिन्न स्थानमा केही महत्वपूर्ण र राेचक दृष्य देखिए। जनैपूर्णिमाको दिन पशुपतिमा नुहाउँदै गरेका बटुकदेखि गाईजात्राको अवसरमा शुक्रबार ब्लु डायमण्ड समाजको आयोजनामा  वसन्तपुरमा समलिंगीले निकालेका र्‍यालीसम्मका तस्बिहरु याे साता क्यामरामा कैद भए।  याे साताभरी उपत्याकाका विभिन्न स्थानका घटना र पललाई अन्नपूर्णकर्मी फाेटाेपत्रकारहरुले आफ्नाे क्यामरामा कैद गरेका छन्।

हेर्नुस्, १४ तस्बिर : 

अघिल्लो शनिबार बेलुका नगरकोटमा घुम्न आएका सर्वसाधारण। पछिल्लो समय नगरकोटमा अन्तरिक तथा विदेशी पर्यटकको घुँइचो लाग्ने गरेको छ।  तस्विर : प्रणभ खत्री


रातभरको वर्षापछि आइतबार बिहान नगरकोटबाट देखिएको दृश्य। तस्विर : प्रणभ खत्री


 भक्तपुरको दत्तात्रय मन्दिर सोमबार यस्तो देखियो। पूनर्निर्माणपछि यो मन्दिर क्षेत्र सफा देखिएको छ। तस्विर : प्रणभ खत्री  


आकास खुलेपछि मंगलबार बेलुका त्रिभुवन विमानस्थल नजिकैबाट देखिएको इन्द्रेणी। तस्विर : प्रणभ खत्री


चाबहिलको धुल्लाम्मे सडकमा बुधबार दिउसो मानिसहरु आफ्नो गन्तब्यतर्फ लाग्दै। यो सडकमा पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्छ। तस्विर : प्रणभ खत्री



गाईजात्राको दिनमा भक्तपुरे महिला। तस्विर : प्रणभ खत्री


गईजात्राको दिन भक्तपुर दरबार क्षेत्र आगाडि बासुरी बजाउँदै मानिसहरु। तस्विर : प्रणभ खत्री


पाेखरीमा पैडी खेल्दै बालक। तस्विर : प्रणभ खत्री  


जनैपूर्णिमाको दिन पशुपतिको राम मन्दिरमा पूजा गर्दै बटुक। तस्विर : प्रणभ खत्री  



गाईजात्राको अवसरमा शुक्रबार ब्लु डायमण्ड समाजको आयोजनामा वसन्तपुरमा समलिंगीले र्‍याली। तस्बिर : उमा विष्ट


क्रीतिपुरमा गाईजात्रा। तस्बिर : सुनिता ड‌ंगाेल

गाईजात्रामा महिला । तस्बिर : प्रणव खत्री ।

बेतबाट कुर्सी बनाउँदै । तस्बिर : सुनिता डंगोल ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.