'डोजरमात्र थुपारेर देश सम्वृद्ध हुँदैन'

'डोजरमात्र थुपारेर देश सम्वृद्ध हुँदैन'

काभ्रे : नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा संञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्माण व्यवसायीहरुले डोजरमात्र थुपारेर देश सम्वृद्ध नहुने बताएका छन्। 

काभ्रेको बनेपामा नेकपा निकट नेपाल निर्माण व्यवसायी संगठनको एकता घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले निर्माण व्यवसायीलाई इमानदार भएर सरकारलाई सहयोग गर्न आग्रह गर्दै विकास डोजर थुपारेर मात्र नहुने बताएका हुन्।

उनले देशका ठुला आयोजनाहरु केहि निर्माण व्यवसायीको हातमा मात्र रह्यो भने राष्ट्रिय आयोजनाहरुको विकास हुन नसक्ने बताए। 

उनले व्यवसायीको कब्जामा देशका ठुला आयोजनाहरु पुल, सडक, सेनाका भवन र ठूला भवनहरु राख्न नदिने बताएका छन्। ‘देशको ठुला आयोजनाहरु केहि निर्माण व्यवसायीको हातमा मात्र रह्यो भने राष्ट्रिय आयोजनाहरुको विकास कस्तो हुन्छ?’ मन्त्री बास्कोटाले भने, 'ठुला आयोजनाहरु निश्चित कम्पनीको हातमा मात्रै हुन नहुने बताए।' 

केही निर्माण व्यवसायी समयमा काम नगर्ने, म्याद थप मात्र गरिरहने परिपाटीबाट अब मुक्त हुनुपर्ने मन्त्रीले जोड दिए। 'कुनै पनि काम समयमा नै सम्पन्न हुनुपर्ने हो भने हुनुपर्छ तर ठुला आयोजनाहरु म्याद मात्र थपिरहने काम देश र जनतामाथिको यातना हो' उनले बताए।

उनले ठेकेदार काम नगरी अदालतमात्र धाइरहने परिपाटी रहेको भन्दै आपत्ति जनाए। निर्माण व्यवसायीलाई कानुनी अल्झन नलागी काममा इमानदार हुन आग्रह गरे। ' निर्माण व्यवसायीले अदालत अख्तियार धाउने काम गर्नुभन्दा आफ्नो क्षमता लगाइ काम गर्नतिर ध्यान केन्द्रित गर्नुपर्छ' उनले बताए।

मन्त्री बास्कोटाले निर्माण व्यवसायीलाई इमान्दार बनेर देशको विकासमा लाग्न आग्रह समेत गरे। 

विकासका लागि सरकार आफैँ डोजर बोकेर हिँड्नेभन्दा पनि डोजर भएकाहरुलाई विधि प्रक्रिया पुर्याएर विकासमा सारथी बनाउने भएकाले विकास र सम्वृद्धिको अभियानमा साथ दिन उनीहरुलाई अह्वानसमेत गरे।   

जनताले रिजल्ट चाहने भएकाले सरकारले विशेष ढंगबाट काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै कामको सिन्को पनि नभाच्ने र कानुनका लुज होलमा छिरेर अदालतसम्म जाने दिन बिस्तारै हट्ने उनले दावी गरे  ।

कार्यक्रममा नेकपा संसाद नविना लामा, गंगाबहादुर दोङ, प्रदेश सासंद चन्द्र लामाले निमार्ण व्यवसायीहरु इमानदार भएर काममा लाग्नु पर्नेमा जोड दिए। उक्त एकता भेलाबाट निर्माण व्यवसायी प्रल्हाद चौलागाईको संयोजकमा १७ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.