तयारी नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित : आइतबार बस्ने
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । शनिबार ४ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।
अर्को बैठक आइतबार दिउँसो बस्नेगरी शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
अर्को बैठक आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि पटकपटक सरेर शुक्रबार बसेको बैठकले विभिन्न ३२ विभागको टुंगो लगाएको थियो ।