बोइङ नबिकेपछि फेरि प्रस्ताव आह्वान

बोइङ नबिकेपछि फेरि प्रस्ताव आह्वान

काठमाडौं : नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एक मात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आहन गरिएको छ। निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढ वर्षघि नै बिक्री भएको छ। अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवदन नै परेन।

निगमले बोइङको ७५७–९एन एसीबी बिक्री गर्न प्रस्ताव माग गरेको थियो। ‘४५ दिनेको सयम दिएर गत असार ११ मा मागिएको प्रस्तावमा दुईवटा अमेरिकी कम्पनीले आवेदन दिएका थिए’, निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने,‘ ती दुई कम्पनीको आवेदन आवश्यक सर्त पूरा गरेर आएको पाइएन।’ सर्त पूरा नगरेको र पुनः प्रस्ताव माग गर्नुपर्ने भएकाले फेरि बुधबार नै २१ दिनको समय दिएर प्रस्ताव माग गरिएको छ।

निगमले तीन दशक पुरानो बोइङ विस्थापन गरेर अब एयरबसका जहाज मात्रै चलाउने नीति लिएपछि दुईवटै बोइङ बिक्री गर्ने निर्णय गरेको हो। यस्तो निर्णयअनुसार एउटा जहाज बिक्री गरिसकेको छ। अर्को बिक्री गर्न लागिएको पनि एक वर्षदेखि विमानस्थलमै ग्राउन्डेड छ।

यसअघि बिक्री गरिएको ७५७ एसीए जहाज विदेशी कम्पनीले ३२ करोड मूल्यांकन गरेको भए पनि त्यसअनुसार बिक्री नभएपछि फेरि प्रस्ताव माग गरिएको छ। त्यसबाट पनि तोकिएको मूल्यमा प्रस्ताव नपरेपछि आधाभन्दा कममा वार्ताबाट बिक्री भएको थियो।

यसपटक बिक्रीका लागि राखिएको जहाज पनि फ्रान्सेली कम्पनी फिन्टेकले ६७ लाख अमेरिकी डलर मूल्यांकन गरिदिएको थियो। यस्तो मूल्यांकन उडिरहेको अवस्थाको जहाजमा हो। यसअघि बेचिएभन्दा राम्रो अवस्थामा भएको भन्दै मूल्यांकन गर्दा पहिलोभन्दा दोस्रो बोइङको पैसा दोब्बर नै रहेको छ। तर, दोस्रो बोइङ पनि ग्राउन्डेड भएको एक वर्ष हुनलाग्यो। अब यो जहाजको पनि मूल्यांकनअनुसार पैसा नआउने निगम स्रोतको भनाइ छ।

मूल्यांकन गर्दै बढीमा ३० देखि ४० करोड डलरमा मात्रै गर्नुपर्ने भए पनि बढाएर गरिएको थियो। आवेदन दिने कम्पनीले योभन्दा पनि कममा जहाज किन्न प्रस्ताव गर्नेछन्। त्यसपछि फेरि मूल्यांकन गर्ने र प्रस्ताव गर्ने कम्पनीलाई पहिलेजस्तै वार्ताबाटै जहाज बेच्नुको विकल्प नरहेको निगम स्रोतले अन्नपूर्णलाई जानकारी दिएको छ।

निगमले तीन दशक पुरानो बोइङ विस्थापन गरेर अब एयरबसका जहाज मात्रै चलाउने नीति लिएको छ।

निगमले नियमित उडानमा प्रयोग गरिरहेको एक सय ९० सिटको उक्त जहाज पछिल्लो समय मलेसियाबाट मर्मत गरेर गत माघ २ गते काठमाडौं फर्किएको थियो। काठमाडौं आपइपुगेपछि फेरि बिग्रिएका कारण यसलाई उडानमा प्रयोग नै नगरिएको निगमले जानकारी दिएको छ।

सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन नै बन्द पनि भइसकेको छ। यो सिरजको जहाज नयाँ उत्पादन नहुँदा बजार भाउअनुसार नभएर यसको हरेक पाटपुर्जा र अन्य उपयोगि सामानका आधारमा मात्रै मूल्यांकन हुनुपर्ने निगमको भनाइ छ। यस्तो मूल्यांकनअनुसार जहाजको बिक्रीमा पनि उडान यो भए मात्रै अपेच्छाअनुसारको रकम पाइने हो। नत्र ग्राउन्डेड जहाज कवाडीकै भाउमा बेच्नुको विकल्प नभएको निगमकै भनाइ छ।

निगमले लिलामीबाट जसले धेरै पैसा दिन्छ उसैलाई बिक्री गर्ने नीतिअनुसार बोलकबोल गरेको हो। निगमले २०४४ सालमा करिब २३ लाख अमेरिकी डलरमा खरिद गरेको यी जहाजले निरन्तर ३० वर्षदेखि अन्तर्राष्ट्रिय उडानमा सेवा दिइरहेको थियो। हाल निगमले एयरबसका जहाज मात्रै उडाउन थालेपछि बोइङ विस्थापित गरेको हो।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडानमा एयरबसका चारवटा जहाज छन्। यसमा दुईवटा न्यारोबडी र दुईवटा बाइडबडी छन्। निगमले दुई प्रकारका जहाज उडाउन नसक्ने निर्णय गरेर बोइङ हटाएर एयरबसका जहाज भित्र्याएको हो। पछिल्लो समय निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा भएकै लामो दूरीको वाइडबडी पनि छोटो गन्तव्यमा उडिरहेका छन्। निगमले लामो दूरीको गन्तव्यका रूपमा भदौ १२ देखि जापानको ओसाकामा उडान सुरु गर्दै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.