पद गुम्ला भन्‍ने डर मलाई छैन : ओली

पद गुम्ला भन्‍ने डर मलाई छैन : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् ।आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्‍त्रीले सरकार परिवर्तनको संभावनालाई अस्वीकार गरेका हुन्। 

ओलीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन आग्रह गर्दै भने, 'मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर  डराएर बसेको छ। यो गलत हो।  मैले पद नगएको कोही देखेको छैन। कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचनपछि मलाई पनि बस्‍न मन छैन।'

ओलीले पद गुम्छ कि भनेर आफू कहिल्यै नडराएको बताउँदै भने, 'मलाई त्यो डर कहिल्यै भएन र छैन।  प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए ।ओलीले राजतन्त्र फर्काउँछौं भन्‍नु बेमौसमको बाजा टिप्पणी गरे।

संविधान सम्ममत ढंगले चल्ने कुरामा संवैधनिक दायराभित्र चल्ने कुरामा यो सरकार अत्यन्त प्रशन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताउँदै ओलीले भने, 'तर सरकारको आलोचनामा नाममा प्रणाली उट्याउँछु भन्‍ने, प्रगतिगमन गर्छु भन्ने संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्‍ने हुनेछैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.