आगामी चुनावसम्म धैर्य गर्नुस्, त्यसपछि प्रधानमन्‍त्री रहने मन छैन : ‌‌ओली

आगामी चुनावसम्म धैर्य गर्नुस्, त्यसपछि प्रधानमन्‍त्री रहने मन छैन : ‌‌ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुरा अवधि सरकारको नेतृत्व आफूले गर्ने स्पस्ट गर्दै आगामी चुनावसम्म धैर्य गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पुरा अवधि प्रधानमन्‍त्री रहने दृढता व्यक्त गरेका हुन्। उनले भने, 'आगामी चुनावपछि प्रधानमन्‍त्रीमा रही रहने मन छैन।' 

उनले आगामी चुनावसम्म धैर्य गर्न सबैलाई आग्रह गर्दै भने, 'पद नगएको मान्छे अहिलेसम्म कसैलाई देखेको छैन। आगामी निर्वाचनमा मलाई पनि बस्‍ने  मन छैन।त्यसकारण निर्वाचनसम्म सबै साथीहरुलाई धैर्य गरेर बस्‍न आग्रह गर्दछु।'

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति भएको दाबी गरिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमतिअनुसार साढे दुई वर्षपछि आफूले नेतृत्व पाउनुपर्ने आशयसहितको दाबी गर्दै आएका छन्। ओलीले भने घुमाउरो रुपमा त्यो संभावनालाई इन्कार गरेका छन्। ओलीको अभिव्यक्तिले नेकपाभित्र र राजनीतिक बजारमा तरंग ल्याइदिएको छ। 

ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताए। उनले भने, सरकार आफ्नो गतिमा हिडिरहेको छ। केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पेको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ भन्ने कुरा, अहिलेको सरकार लगलग कामिरहेको कुरा, यस्तो दिवा सपना नदेखे हुन्थ्यो।'

ओलीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन आग्रह गर्दै भने, 'मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर  डराएर बसेको छ। यो गलत हो।  मैले पद नगएको कोही देखेको छैन। कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचनपछि मलाई पनि बस्‍न मन छैन।'

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए ।ओलीले राजतन्त्र फर्काउँछौं भन्‍नु बेमौसमको बाजा टिप्पणी गरे।संविधान सम्ममत ढंगले चल्ने कुरामा संवैधनिक दायराभित्र चल्ने कुरामा यो सरकार अत्यन्त प्रशन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताउँदै ओलीले भने, 'तर सरकारको आलोचनामा नाममा प्रणाली उट्याउँछु भन्‍ने, प्रगतिगमन गर्छु भन्ने संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्‍ने हुनेछैन।'

उनले भने, "चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेर उफ्रिरहेको देखिन्छ। यो बेमौसमको बाजा नबजाए हुन्थ्यो। ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगना लगाएका हौं। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.