अर्को पल्ट कांग्रेसको सरकार बन्छ : नेता रिजाल

अर्को पल्ट कांग्रेसको सरकार बन्छ : नेता रिजाल

काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकार लडाएका मानिसले बनाएको भन्दै कटाक्ष गरेका छन्। आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रिजालले अर्को पल्ट कांग्रेसको सरकार हुने दाबीसमेत गरे।

'सरकार लडेको छैन, लडेका मानिसले बनाएको सरकार हो,' नेता रिजाले भने, 'प्रधानमन्त्रीले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो। प्रधानमन्त्रीको वामआन्दोलन र त्यसपछिको लोकतन्त्रान्त्रिक आन्दोलन र संघर्षणको योगदानको सम्मान गर्छु। तर सरकार लडेको होइन। हेक्‍का रहोस् प्रधानमन्त्री सरकार लडेको होइन।लडेका मानिसले बनाएको सरकार होला।'
  

एक पल्टको लडाईंले जीवनभर जे पनि गर्न लाइसेन्स नदिने उनले दाबी गरे। 'हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा गए। उनले भने, 'वाम आन्दोलनमा लड्नेहरुले घुँडा टेके। तर एउटा लडाईंले सधैंका लागि खुसी दिन्न।'

नेता रिजालले प्रधानमन्त्रीले अर्को चुनाव नभइसम्म यही सरकार रहन्छ भन्ने कुरामाथि स्पष्ट पार्दै भने,  'एउटा कुरा खुसी लाग्यो। प्रधानमन्त्रीले भन्नुभयो। अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ।ठीक हो प्रधानमन्त्रीज्यू यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेसबाहेक कसको  सरकार बन्छ।'

उनले एक वर्षमै जहाज र र रेलको सपना देखाउने सरकार। तिथिमिति तोकेर व्यक्तिगत निम्ता पनि गर्ने सत्तपक्षका सांसद अब घाँटी सुकाइ सुकाइ आधार वर्ष हो भनेर भन्न थाल्नु भाछ भन्दै स्पष्ट पारे।

उनले प्रधानमन्त्रीलाई आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न पनि सुझाए। उनले भने, 'पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३५ अर्ब कम खर्च भयो। यो संसदीय अनुमानभन्दा ३२ अर्ब कम खर्च।'

उनले निर्वाचनको समयमा गरेको कार्यसम्पादन करार पूरा नभएको आरोप लगाए। 'प्रधानन्त्रीज्यू तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा औंला ठडाउनुहोला, मन्त्री फेर्नुहोला। तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ?,' उनले भने,' हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन। त्यतिमात्र होइन संसदले गरेको कार्यसम्पादन करार अघिल्लो वर्ष बजेट कार्यसम्पादन करार हो, संसद र सरकारको पूरा गर्न सक्नु भएन। यो परीक्षामा तपाई असफल हुनुभयो। आउने दिन सफलता होस्। शुभकामना।' 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.