अमेरिकामा अनौठा ट्वाइलेट, जहाँ यौनजन्य गतिविधि मनाही छ
वासिङ्टन : अमेरिकाको वेल्स समुद्री किनार क्षेत्रमा केही नयाँ किसिमका सार्वजनिक ट्वाइलेट बन्दैछन् ।
जहाँ आम प्रयोगकर्ताले अनैतिक गतिविधि गर्न पाउने छैनन् । खासगरी ती ट्वाइलेटभित्र यौनसम्पर्क वा यस्ता गतिविधि गर्न पाउने छैनन् । यस क्षेत्रका सार्वजनिक ट्वाइलेटमा यौनजन्य गतिविधि, तोडफोड र झैझगडा हुने भएपछि स्थानीय प्रशासनले यस्ता गतिविधि गर्न बन्देज लगाएको हो ।
सिएनएनका अनुसार ती ट्वाइलेटभित्र यदी कसैले यौनसम्बन्ध राख्ने प्रयास गर्यो वा त्यस्ता अनैतिक गतिविधि गर्न थाल्यो भने साइरन बजेर सूचना दिन्छ । ट्वाइलेटभित्र त्यस्ता गतिविधिलाई हिंसात्मक कार्यको रुपमा पनि लिइने बताइएको छ ।
यस्तै ट्वाइलेटभित्र अन्य हिंसात्मक गतिविधि गर्ने काम रोक्ने गरी प्रविधि जडान हुने बताइएको छ । यतिमात्रै हैन, कुनै प्रयोगकर्ताले धेरै लामो समयसम्म ट्वाइलेटमै बितायो भने पनि चेतावनीपूर्ण सन्देश बज्नेछ ।
सहर परिषद्का सदस्य माइक क्लार्कले वेल्सन अनलाईनलाई जनाएअनुसार यस्तो ट्वाइलेट निर्माण नहुँदै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । प्रयोगकर्तालाई ‘होच्याइएको’ र कठोर बनेको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भएको छ ।