खबरदारीका लागि संसदको ‘च्याम्पियन्स ग्रुप’

खबरदारीका लागि संसदको ‘च्याम्पियन्स ग्रुप’

काठमाडौं : सरकारको काम कारवाही, कानुन निर्माण तथा योजनाको संसदीय अनुगमनलाई प्रभावकारी बनाउन दिगो विकास लक्ष्य अग्रणी सांसद समूह (च्याम्पियन्स ग्रुप) गठन भएको छ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले संघीय संसद र प्रदेशसभाका सदस्यलाई सम्मेलित गरी समूह गठन गरेको हो। यो समितिले दिगो विकास लक्ष्य हासिल गर्न सरकारले गरिरहेका काम कारवाहीको अनुगमन र नियमन गर्ने बताइएको छ। समितिमा दिगो विकास तथा सुशासन समितिका १४ जना र सातै प्रदेशका पाँच÷पाँच सदस्य रहेका छन्। 

यो समूह प्रदेशको सरकारको काम कारवाहीबारे अनुगमन गरी प्रभावकारी बनाउन सहयोग गर्ने समिति सभापति तारादेवी भट्टले बताइन्। ‘प्रदेशसभाका माननीयज्यूहरू पनि हाम्रा कुरा अब सुनिने भयो भनेर खुसी हुनुभयो’, उनले भनिन्, ‘यो संयन्त्रले अब प्रभावकारी काम गर्नेमा विश्वास गरेका छौँ।’

समितिले सन् २०३० भित्रै दिगो विकासका लक्ष्य हासिल गर्ने तथा सुशासन सुदृढीकरण गर्न संघीय सांसद र प्रदेश सांसदसहित ५० जनको भेला शुक्रबारदेखि तीन दिनसम्म धुलिखेलमा गरेको थियो। भेलामा सांसदको रुचिका आधारमा समूह विभाजन गरेर सरकारले गरेका कामको अनुगमन गरिने समिति समेत सहमति भएको छ। 

अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यता र डेढ दर्जन विषयविज्ञसहितको भेलामा सांसदले दिगो विकासका लक्ष्यका बारेमा पनि विस्तृत जानकारी लिएको समिति सभापति भट्टले बताइन्।

दिगो लक्ष्यका लागि ४ बुँदे प्रतिबद्धता

भेलाले संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१५ मा पारित र सदस्य राष्ट्रको हैसियतमा नेपालले व्यक्त गरेको ऐक्यवद्धताअनुरूप काम गर्न ४ बुँदे प्रतिबद्धता गरेको छ।

दिगो विकासका लक्ष्यलाई मुर्तरूप दिनका लागि मस्यौदा विधेयक तथा विद्यमान कानुनमा आवश्यकताअनुसार नीतिगत, कानुनी, व्यवस्थापकीय र संरचनागत सुधारका लागि सक्रिय हुने प्रतिबद्धता सांसदले गरेका छन्। 

यस्तै, सरकारी स्तरबाट कार्यान्वयन हुने योजना, बजेट र कामकारवाहीको अनुगमन तथा निगरानी कार्यमा र सबै तहमा सुशासन सुदृढीकरणमा दिगो विकासका लक्ष्यअनुरूप दिशानिर्देश भए नभएको सुनिश्चित गर्ने भेलाले प्रतिबद्धता गरेको छ। 

संसदमा प्रतिनिधित्व गर्ने क्रममा समावेशिता, लैगिंक समानताको मूलप्रवाहीकरण तथा वातावरणीय दायित्वसमेत बोध गरी दिगो विकासका मुद्दाको पहिचान, उठान, बहस, पैरवी, र प्राथमिकता निर्धारण गर्ने काममा सक्रिय रूपमा सहभागी हुने भेलाले प्रतिबद्धता जनाएको समिति सभापति भट्टले जानकारी दिइन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.