रसुवामा छड्के : कार्यालयमा न प्रमुख, न कर्मचारी

रसुवामा छड्के : कार्यालयमा न प्रमुख, न कर्मचारी

नुवाकोट : रसुवामा अधिकांश सरकारी कर्मचारी कार्यालयमा नबस्ने गरेको फेला परेको छ। पाँच गाउँपालिका रहेको रसुवाको धुन्चेस्थित अधिकांश सरकारी कार्यालयमा कार्यालय प्रमुख अनुपस्थित हुने गरेको पाइएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइको नेतृत्वमा स्थलगत छड्के जाँच गर्दा अधिकांश कार्यालयमा कर्मचारी नभेटिएका हुन्। एकैपटक आठवटा कार्यालयमा छड्के अनुसगमन गर्ने क्रममा अधिकांश कर्मचारी नभेटिएका हुन्।

छड्के अनुगमनका क्रममा ६ जना कार्यालय प्रमुख र ४६ जना कर्मचारी अनुपस्थित भएका थिए। ३ जना कर्मचारीले सरकारद्वारा तोकिएको पोशाक लगाएका थिएनन्।

कृषि ज्ञान केन्द्रको कार्यालय बन्द अवस्थामा रहेको सहायक प्रजिअ भट्टराइले बताइन्। प्रदेश अन्तर्गतका डिभिजन वन, रसुवा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, घरेलु तथा सना उद्योग विकास समितिका कार्यालयमा छड्के जाँच गरिएको हो।

अधिकांश कार्यालयका कर्मचारीले बिदा स्वीकृत नगराई अनुपस्थित भएकासमेत देखिएकाले आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.