७० बस्ती जोखिममा

७० बस्ती जोखिममा

नुवाकोट : पहिरो र भूकम्पका कारण हिमाली जिल्ला रसुवाका ७० बस्ती जोखिममा परेका छन्। तीनमध्ये ३० स्थानका बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणले गरेको भौगर्भिक अध्ययन प्रतिवेदनमा ७० स्थानका बस्ती जोखिमयुक्त र तीमध्ये ३० बस्तीलाई पूर्णरूपमा स्थानान्तरण गर्नुपर्ने उल्लेख छ।

२५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न सकिने प्राविधिकरणले सुझाव दिएको छ। जोखिमयुक्त बस्तीका भूकम्प पीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन । आफ्नो थातथलोमा पहिरो गएपछि विस्थापित भएर उनीहरू अन्य स्थानमा बसोबास गर्दै आएका छन्। जोखिमयुक्त बस्तीमा परेका भुकम्प पीडितमा सबैभन्दा धेरै साविकको हाँकु र डाँडा गाउँ हुन्।

दक्षिणी भेगमा रहेको उत्तरगया गाउँपालिकाको करुमर्‍याङ, चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङलगायत ठाउँलाई जोखिमयुक्त बस्ती भनिएको छ । गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, लाङटाङ, मुण्डुप, सिन्धुम, गुम्चेत र लामा होटल लगायतका बस्ती पहिरोको जोखिम छन्। यस्तै कालिका गाउँपालिकाको राम्चे, गुम्चेत, ग्राङ, प्राङसे क्षेत्र जोखिममा छन् भने आमाछोदिङ्मो गाउँपालिकाका सानो हाँकु, पाजुङ, केराबारी, टेताङचे, ब्राप्चे गाउँ जोखिमयुक्त बस्ती भनेर प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्राधिकरणका अनुसर नौकुण्ड गाउँपालिकाको खाल्चेत, दोक्लाङ, घोर्मु, लाम्राङ, पाटीर्खक, फाम्चेत, साङयुल थाङदोर गाउँ भौगर्भिक अध्ययनबाट जोखिम देखिएका छन्। अधिकांश विस्थापित परिवार उत्तरगया–५ बोगटीटार र खाल्टेमा आ श्रय लिएर बसिरहेका छन्। प्राधिकरणले रसुवाको जोखिमयुक्त बस्तीका एक हजार २० परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । अहिलेसम्म ६ सय २० परिवारले सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका छन् ।

त्यसमध्ये ४ सय परिवारको स्थानान्तरण हुन बाँकी छ । घडेरीका लागि योग्य जग्गा खरिद गर्न दुई लाख अनुदान लिइसकेकाहरू एकिकृत बस्तीको प्रक्रियामा रहेकाले घर निर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। रसुवाको ४ स्थान लाङ्बु, तिरु, बोगटीटार र पाङलिङमा एकिकृत बस्ती निर्माणको प्रक्रिया अघि बढिसकेको छ।

जोखिमयुक्त बस्तीमा परेका तर स्थानान्तरण हुन बाँकी रहेका भूकम्पपीडितलाई राख्नका लागि सुरक्षित र उपयुक्त जग्गा खोज्ने काम भइरहेको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। उत्तरगयाको खाल्टेमा करिब दुई सय ६९ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन्। रसुवाको छिमेकी नुवाकोटको इनारपाटीमा ८४ र सातबिसेमा २० परिवार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.