उपनिर्वाचनको तयारीमा दल

उपनिर्वाचनको तयारीमा दल

पाँचथर : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरका राजनीतिक दल सक्रिय भएका छन्। पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुई वडाध्यक्षको निधन भएपछि रिक्त तीन स्थानमा उपनिर्वाचन हुँदैछ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्बाङ, फिदिम नगरपालिका-१ का वडाध्यक्ष हर्क मोक्तान र हिलिहाङ गाउँपालिका-७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको निधन भएपछि उक्त स्थानमा निर्वाचन हुने भएको हो।

यसअघि कांग्रेसले फाल्गुनन्द गाउँपालिकामा बहुमतसहित अध्यक्षमा जितेको थियो। पहिलेको जित कायम राख्न कांग्रेसले सम्पूर्ण संयन्त्र फाल्गुनन्दमा केन्द्रित गरेको छ। ‘फाल्गुनन्द गाउँपालिकालाई पार्टीले महŒवका साथ हेरेको छ,’ कांग्रेसका सचिव रूपनारायण जबेगुले भने, ‘हामी निर्वाचनको आन्तरिक तयारीमा जुटेका छौं।’

नेकपाले पनि फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा जित निकाल्न कसरत गरिरहेको छ। स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्ना उम्मेदवार खडा गरी निर्वाचनमा भिडेका छन्। अहिले दुई पार्टी एक भएको र आफ्नाा उम्मेदवारलाई जित निकाल्न सहज हुनेमा नेकपा ढुक्क छ। ‘हामीले आन्तरिक तयारी तीव्र बनाएका छौं,’ नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले भने, ‘निर्वाचनका लागि विभिन्न विभाग गठन गरेर हाम्रो पार्टी चुनावमा जुटेको छ।’

कांग्रेसले फाल्गुनन्दमा भ्रातृ संस्थाहरूको वडा र टोल समिति गठन गरेर निर्वाचनको तयारी गरिरहेको छ। नेकपाले पनि कार्यतालिका तय गरेर निर्वाचनको तयारी गरेको छ। संघीय समाजवादी फोरम, संघीय लिम्बूवान मञ्च र राप्रपाले आन्तरिक तयारी गरिरहेका छन्।

कांग्रेस र नेकपाभित्र अध्यक्षका आकांक्षी देखिन थालेका छन्। कांग्रेसका एक नेताका अनुसार अध्यक्षका लागि जिल्ला सचिव बृजहाङ आङदेम्बे र महासमिति सदस्य रामराज आङदेम्बे आकांक्षी छन्। नेकपाका वीरबहादुर कुरुङबाङ, ठाकुरसिंह नेम्बाङ, करुणा नेम्बाङ र देउप्रसाद आङ्म्बे आकांक्षी देखिएका छन्। वीरबहादुर यसअघि तत्कालीन एमालेबाट र ठाकुरसिंह नेम्बाङ तत्कालीन माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवार भएर पराजित भएका हुन्। कांग्रेसका अमर नेम्बाङले चार हजार एक सय ६३ मत ल्याएर विजयी हुँदा एमालेका तत्कालीन उम्मेदवार कुरुङबाङले तीन हजार तीन सय ६७ मत र तत्कालीन माओवादीका उम्मेदवार ठाकुरसिंह नेम्बाङले सात सय ४४ मत ल्याएका थिए।

फिदिम नगरपालिका-१ र हिलिहाङ गाउँपालिका-७ मा पनि वडाध्यक्षका आकांक्षी देखिन थालेका छन्। ठूला दलमा उम्मेदवारका आकांक्षी धेरै देखिएपछि जनताले रुचाएको मान्छेलाई उम्मेदवार बनाइने दलका नेताले बताएका छन्। ‘मतदाताको रायसुझावका आधारमा कांग्रेसले उम्मेदवारी चयन गर्छ,’ कांग्रेस सचिव जबेगूले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.