सरकारको निगरानी गर्न कर्णालीका सांसदलाई आग्रह

सरकारको निगरानी गर्न कर्णालीका सांसदलाई आग्रह

सुर्खेतः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश सरकारको निगरानी गर्न कर्णालीका सांसदलाई सुझाव दिएका छन्। कर्णाली प्रदेशसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। सरकारलाई प्रदेशसभाप्रति उत्तरदायी र जनताप्रति जवाफदेही बनाउन सांसद लाग्नुपर्ने उनको भनाइ छ।

प्रदेशसभाको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाले कर्णालीको संसदलाई सम्बोधन गरेका हुन्।'प्रदेशसभा जनप्रतिनिधिहरुको संस्था हो, यसले जनाताका आवाज बोल्नुपर्छ,' अध्यक्ष तिमिल्सिनाले भने, 'प्रदेशसभाले यहाँको सरकारलाई निगरानी गर्न जरुरी छ, सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई उत्तरदायी बनाउने काम सांसदको हो।'

प्रदेशसभा र सांसदहरु सक्रिय बनेमा सरकार पनि गतिशिल हुने र जनताका अपेक्षा पुरा गर्न सकिने उनको भनाइ छ। यसका लागि संसदमा सक्रिय भूमिका निर्वाह गर्न उनले सांसदहरुलाई सुझाव दिए।

संघीयता कार्यान्वयनसँगै प्रदेशसभाले काम थालेको भन्दै उनले जनअपेक्षा अनुसार सरकारलाई मार्गदर्शन गर्न र कानुन निर्माणमा सक्रिय हुनुपर्ने बताए। उनले भने, 'संसदको कारबाहीलाई प्रभावकारी बनाउने र समितिलाई सक्रिय बनाउने भूमिका सांसदको हुन्छ, तपाइँहरु पनि सक्रिय हुनुहोस्।यसले कर्णालीको विकास र समृद्धिमा सहयोग पुग्नेछ, सरकारलाई पनि प्रश्न सोधर तथा छलफल गरेर जवाफदेही बनाऔं।'

अन्य प्रदेशहरु भन्दा पहिला नै प्रदेशको नामांकरण र राजधानीको टुंगो लगाएर कर्णालीमा प्रदेशसभाले नमूना काम गरेको भन्दै उनले प्रशंसासमेत गरे। अब पनि जिम्मेवार र उत्साहित भएर काम गर्नुपर्ने भन्दै उनले प्रदेश र स्थानीय तहलाई थप अधिकार दिलाउन राष्ट्रियसभाले पहल थाल्ने बताए।

कर्णालीमा जलविद्युत उत्पादन र जडिबुटीबाटै समृद्धि सम्भव रहेको उनको भनाइ छ। यसमा बढी लगानी गर्न समेत उनले प्रदेश सरकारलाई सुझाव दिए। 'यहाँका अधिकांश जनता रोजगारीका लागि कालापहाड जान बाध्य छन्,' अध्यक्ष तिमिल्सिनाले भने, 'युवालाई प्रदेशमै रोजगारी सिर्जना गरौं। पहाड जथाभावी भत्काएर होइन, डाँडाहरु छेडेर सडक खनौं। यसले दीगो विकास हुनेछ।'

सडकको पहुँच वृद्धि गरेर कर्णालीबासीलाई विकासको अनुभूति गराउन सकिने भन्दै उनले कर्णाली राजमार्गको स्तरोन्नती र री करिडोरको निर्माण गर्नुपर्ने बताए। डोल्पा र हुम्लामा पर्यापर्यटनमार्फत विकासको ढोका खोल्न सकिने अध्यक्ष तिमिल्सिनाको भनाइ छ। प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ।


    
कर्णाली प्रदेश सभाको बैठकमा सहभागी प्रदेश सांसद । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.