‘द्रुत किट’ को दुरुपयोग रोक्न मन्त्रालयको निर्देशन

‘द्रुत किट’ को दुरुपयोग रोक्न मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका सबै बिरामीलाई ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’ बाट स्वास्थ्य परीक्षण नगर्न सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सुशीलनाथ प्याकुरेलले डेंगुले महामारी भएका ठाउँमा सबै बिरामीको परीक्षण गर्न किटको आवश्यक नभएको बताए। उनले भने, ‘स्वास्थ्यकर्मीले बिरामी आउने वित्तिकै किटको प्रयोग गर्दा दुरुपयोग हुन्छ। दुरुपयोग नहोस भनेर नै पत्राचार गरिएको हो।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले डेंगु ज्वरोको शंका लागेका प्रत्येक व्यक्तिको द्रुत परीक्षण आवश्यक नपर्ने बताए। उनले भने, ‘ज्वरो आएका सबै बिरामीलाई किटबाट नै परीक्षण गर्दै आएको जानकारी पाइएको छ।’

किटको परीक्षण भरपर्दो नभएकोले पुराना बिरामीलाई पनि डेंगुको लक्षण देखाउन सक्ने निर्देशक डा.लालले जानकारी दिए। कम्तीमा तिनदिनदेखि उच्च ज्वरो आएको र कम्तीमा रगतको नमूना परीक्षण गर्दा सेता रक्तकोषको गणना चार हजार सेल क्युविक मिलिमिटर भन्दा कम भएको बिरामीलाई किटबाट परीक्षण गराउनु पर्ने डा.लालले बताए।

त्यस्तै प्लेटलेट्सको गणना एक लाख प्रति माइक्रोलिटर भन्दा कम भएको हुनुपर्ने मापदण्डमा पर्ने बिरामीलाई मात्र किटद्वारा परीक्षण गर्न रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको हो।

डेंगु रोगको पहिचानका लागि वितरित द्रुत किटलाई महामारीको आँकलन गर्न प्रयोग गर्नुपर्नेमा व्यक्तिपिच्छे गरेको पाइएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेककुमार लालले किटको प्रयोग जथाभाविरूपमा प्रयोग भएपछि पत्राचार गरिएको जानकारी दिए। सरकारले स्वास्थ्य संस्थाको माग बमोजिम नियमितरूपमा वितरण गर्दै आएको थियो।

यसवर्ष डेंगुले पूर्वी क्षेत्रमा महामारीको रुप लिएको छ। सबैभन्दा बढी सुनसरी, मोरङ, झापालगायतका जिल्लामा डेंगु नियन्त्रणमा आउन सकेको छैन। कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गुणराज लोहनीले रोगको प्रकोप पत्ता लगाउन परीक्षण गरिने किटको प्रयोग गर्नुपर्ने बताए।

उनले भने, ‘हरेक व्यक्तिपिच्छे डेंगु हो वा होइन भनी परीक्षण गर्न किटको प्रयोग गर्नु पर्दैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.