प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बाजे सर्वदीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि ओलीले पहिलोपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाएका हुन्।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा छलफलका लागि डाकेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने तथा आउँदो उपनिर्वाचनका विषयमा छलफल हुने जानकारी दिए।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत वर्षको चैत २७ देखि पदाधिकारीविहीन छन्। पदाधिकारी नहुँदा उजुरीहरू पनि अलपत्र छन्।

बेपत्ता आयोगले २ हजार ३६९ फाइलमध्ये आधाको मात्र प्रारम्भिक अनुसन्धान सकेको छ। मेलमिलाप आयोगमा परेका ६४ हजार उजुरीमध्ये २ हजार ९ सयको मात्र प्रारम्भिक अनुसन्धान भएको छ।

२०७१ साल माघ २७ मा २ वर्षका लागि गठित दुवै आयोगको सरकारले दुई पटक थपेको म्याद थपे पनि माघ २६ मा सकिएको थियो। त्यसपछि पनि सरकारले ऐन संशोधन गरी दुई महिना पदाधिकारीको लागि थपेको थियो। चैतदेखि दुवै आयोग पदाधिकारीविहीन छन्।

आयोगमा पदाधिकारी छनोटका लागि पूर्वप्रधानान्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैत अन्तिम साता सिफारिस समिति गठन गरेको थियो। समितिले त्यसका लागि आवेदन लिए पनि नाम छनोट गर्न सकेको छैन।

आधा दर्जन बैठक गरिसक्दा पनि समिति अलमलमा छ। राजनीतिक दबाबका कारण समितिले नाम छनोट गर्न नसकेको स्रोतको भनाइ छ। सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले पदाधिकारीमा दाबी गर्दै आएका छन्।

प्रधानमन्त्री आउँदो बिहीबार फलोअप चेकअपका लागि सिंगापुर जाँदैछन्। त्यसअघि प्रधानमन्त्रीले दलहरूसँग छलफल गर्न लागेका हुन्। सर्वदलीय बैठकअघि तीन बजे बालुवाटारमै नेकपाको सचिवालय बैठक बोलाइएको छ। 

निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.