संसद बैठक बस्दै : यस्तो छ कार्यसूची
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ।बैठकमा शून्य सयम र विशेष समयपछि नियमित कार्यसूची तयार गरिएको छ। मंगलबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ।
यस्तै, बैठकमा अर्थमन्त्री युवराज खतिवडाले अर्थ समितिको प्रतिवेदनसहितको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २९७५ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तो छ आजको कार्यसूची।