प्याराग्लाइडिङ पाइलट उत्पादनका लागि सेनाको तालिम

प्याराग्लाइडिङ पाइलट उत्पादनका लागि सेनाको तालिम

विराटनगर : नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी नेपाली सेनाले पहिलो पटक प्याराग्लाइडिङ पाइलट उत्पादन गर्न थालेको छ। उदयपुरको बेलका नगरपालिकामा सेनाले नेपाली पर्यटन र आकाश दुुवै सुरक्षित छ भन्ने सन्देश दिन कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ।

‘हामीले सेनाका जवानहरुलाई संस्थागतरुपमा पाइटल कोर्ष गराउन सुरु गरेका हौँ’-प्याराग्लाइडिङ तालिम समन्वय अधिकृत प्रमुख सेनानी अर्जुन बस्नेतले भने-‘नेपालको आकाश सुरक्षित छ, यहाँ उड्न सक्छौँ भन्ने अन्तराष्ट्रिय सन्देश दिन हामी तयारी छौँ।’ 

जवानहरुलाई एसिएन प्याराग्लाइडिङ एकेडेमीले तालिम दिइरहेको छ। १० दिनदेखि सञ्चालित तालिम पहिलो चरण मा १५ दिनको हुने एकेडेमीका फाउण्डर प्रिन्सिपल प्रकाश पोख्रेलले जानकारी दिए। 

पहिलो ब्याचमा २४ पाइलट उत्पादन थालेको सेनाले यसअघि अन्य साहसिक खेलमा सहभागिता जनाए पनि सँस्था भित्रका नयाँ पाइलट भने उत्पादन गरेको थिएन। आठौँ राष्ट्यि खेलकुदमा सेनाकाका खेलाडीले मेडल ल्याएपछि प्याराग्लाइडिङ तर्फको सेनाको मोह जागेको हो। कार्की भन्छन् ‘पाइलट कोर्ष गरिसके पछि हामी पर्यटन व्यवसायीहरुसँग मिलेर थप नयाँ ठाउँको सम्भाव्यता पहिचान गर्न सघाउ पुुर्याउनेछौँ’।

साहसिक खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङ कोर्षका लागि उदयपुरको वेलका नगरपालिकास्थित सप्तकोशी नदीको किनारालाई रोजिएको छ। वेलकाको वोक्ताङ डाँडाबाट उडेको प्याराग्लाइडिङ कोशी नदीको किनारामा ल्याण्डिङ गरिन्छ। जसका लागि वेलका नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गरिदिएको छ।  प्याराग्लाइडिङमा सेनाले हात हालेपछि यस क्षेत्रका व्यवसायी हर्षित भएका छन्।

भिडियो
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.