कर्मचारीले 'सूसाइड नोट'मा यस्तो लेखे

कर्मचारीले 'सूसाइड नोट'मा यस्तो लेखे

काठमाडौं : सिंहदरबारमा मृत भेटिएका कर्मचारी बच्चुराम केसी अन्ततः आत्महत्या गरेको बुझिएको छ ।

उनले एक सूसाइड नोट समेत लेखेको भेटिएको छ । जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ । एक प्रहरी निरीक्षकले जनाएअनुसार उनले सूसाइड नाेटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेकाे उल्लेख छ ।

उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’ उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

सिंहदरबारस्थित योजना आयोगका कर्मचारी बच्चुराम केसी मंगलबार बिहान कार्यालयमै मृत भेटिएका थिए । उनको साथबाट ‘सूसाइड नोट’ भेटिएको प्रहरीले जनाएको हो । उनकाे शवनजिकै विषादीकाे बट्टा समेत भेटिएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.