नेपाल वायुसेवाको जापान उडान भदौ १२ बाट नियमित

नेपाल वायुसेवाको जापान उडान भदौ १२ बाट नियमित

काठमडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यही भदौ १२ गते (अगस्ट २९)देखि जापानको ओसाका उडान गर्ने तयारी पूरा भएको जानकारी दिएको छ । निगमले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेरै जापानको ओसाका उडानको तयारी पूरा भएको बताएको छ ।

तोकिएको समय र मितिमा उडान गर्ने र भदौ १२ मा हुने पहिलो उडानपछिका हरेक साताको लागि तोकिएको तीन वटा उडानमा नाफारघाटा नहेरिने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । उनले भने ‘ओसाका उडान हुन्छ हुँदैन भनेर अझै सोधपुछ आइरहेको छ । निगमले तयारी पूरा गरिसकेको र अब नियमति उडान हुनेमा कुनै शंका उपशंका बाँकी छैन ।’ हरेक साताको मंगलबार, बिहीबार र शनिबार काठमाडौं–ओसाका–काठमाडौं नियमित उडान हुने र तालिकामा कुनै हेरफेर नहुने जानकारी पनि खरेलले दिए ।

यसअघि असार १९ गते देखि नै गर्ने भनिएको उडान तयारी नपुगेकै कारण भदौ १२ लाई सारिएको हो । निगले जापानमा सेवा  सुरुसँगै एक महिनास यो गन्तव्यको दुईतर्फी उडानमा प्रवद्र्धनात्मक भाडादर जम्मा ७२ रुपैयाँमा नै दुईतर्फी उडान गर्ने भएको छ ।

निगमले एयरवसको ए ३३०–२०० नामक २७४ सिट क्षमताको वाइडबडीबाट नियमित उडान गर्ने छ । यस्तो उडानका लागि एक सय ५० जनासम्मको बुकिङ आएको छ । नयाँ गन्तव्य भएको र उडानको सुरुवाती समय भएकोले ५० प्रतिशत मात्रै सिट क्षमता भरिएको छ । अझै एक साताको समय बाँकी भएकोले सिट क्षमता बढ्न पनि सक्छ । जति सिट क्षमता भएपनि उडान भने नरोकिने जानकारी खरेलले दिए । अहिले दुई तीन महिनामा नै नाफामा गइहाल्छौ भन्ने छैन् । कम्तिमा एक वर्षमा ८० प्रतिशतको उडान भराइदर कायम गराउने योजना भने निगमले बताएको खरेल बताउँछन् ।

खरेलले भने ‘ओसाका मात्रै हैन्, आगामी पुस १६ ९१ जनावरी २०२०० देखि जापानकै अर्को गन्तव्य टेकियोको नारिता विमानस्थलमा पनि उडान गर्ने तयारी भइरहेको छ । यसका लागि निगमले आवश्यक विवरण बुझाएको छ । नारिताको निम्ति अनुमतिको अन्तिम तयारी भइरहेको जानकारी पनि खरेलले दिए ।

‘निगमले सन् १९९४ को अक्टोबर ३० बाट सुरु गरेको जापान उडान त्यतिबेला काठमाडौं–सांघाई–ओसाका थियो’, निगमका वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले भने । उनका अनुसार सन् २००७ को अप्रिल १२ सम्म भएको उत्त जापान उडानमा निगमले आफ्नो शाखः राम्रो बनाएको थियो । निगमले जति समय जापान उडान गर्‍यो त्यतिबेलासम्म नियमित उडान रद्द नगर्ने वायुसेवाको रूपमा अवार्ड नै पायो । अब फेरि सोही अनुसारको विश्वास हुने गरी उडान गर्ने जानकारी दाहालले दिए ।

निगमले जापान उडान प्राविधिक रूपमा पनि तयारी पूरा गरेको निगमका उडान सञ्चालन विभाग निर्देशक दिपु जुहार्चनले बताए । उनका अनुसार आवश्यक जनशक्ति तयारी रहेको वाइडबडीको उडानका लागि पाइलट पनि तयारी अवस्थामा राखिएको छ । हाल २५ जना पाइलटमध्ये १५ जना नेपाली र १० जना विदेशीलाई निगमले बाइडबडीको उडानमा प्रयोग गरिरहेको जानकारी पनि चुहार्चनले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.