हायातको मुद्रा कारोबार अवैध

हायातको मुद्रा कारोबार अवैध

काठमाडौं : तारागाँउ रिजेन्सी होटल (हायात)ले करिब एक वर्षदेखि विदेशी मुद्राको कारोबार अवैधानिक रूपमा गरेको पाइएको छ। होटलले पर्यटन विभागबाट लिनुपर्ने सिफारिस बिनै विदेशी मुद्रा कारोबार गरेको छ।

पाँचतारे होटल हायात नवीकरण नगराएका कारण विभागले सिफारिस दिएको छैन। हायातको नवीकरण गत असोज १ गत सकिएको थियो। नवीकरण सकिएको ११ महिनासम्म पनि होटलले पर्यटन विभागमा आवेदन दिएको छैन। विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘होटल नवीकरण नभएको, मन्त्रालयले विदेशी मुद्रा कारोबार गर्न सिफारिस नगरेको र स्तर वर्गीकरण पनि हाल अमान्य रहेकाले विदेशी मुद्रा कारोबारको सिफारिस गरिएको छैन।’

विभागको सिफारिस बिना यसले कसरी कारोबार गरेका छ त्यो विषय जानकारी नभएको उनले बताए। ‘आवश्यक मापदण्ड पूरा नगरेकाले एक/दुई पटक होटल सम्पर्कमा आउँदा हामीले प्रक्रिया पूरा नगरी मिल्दैन भनेको थियौं’, उनले अन्नपूर्णसँग भने, ‘मापदण्ड पूरा नगरी विदेशी मुद्राको कारोबार गरेको छ भने त्यो अवैधानिक हो।’

होटलले पर्यटनको ऐन, नियम, नियमावली तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० विपरीत काम गरिरहेको छ। विभागका अनुसार निर्देशिकाको बुँदा ८८ मा भएको व्यवस्थाअनुसार ‘विदेशी मुद्रा कारोबारको सिफारिस पर्यटन विभागबाट लिनुपर्छ। स्तर वर्गीकरण भएका होटल, लज, रेस्टुराँ बार तथा पर्यटक आवास (रिसोर्ट) ले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत प्राप्त गर्ने प्रयोजनका लागि विभागबाट सिफारिस प्राप्त गर्नुपर्छ। यसका लागि स्तर वर्गीकरण कायम रहेको प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर र आयकर बुझाएको प्रमाण वा करचुक्ता प्रमाणपत्रको कागजातसहित निवेदन दिनुपर्छ।’

विभागका अनुसार होटलले पछिल्लो सेयर लगत पेस गरेको छैन। होटलले २०७३ को सेयर लगतको प्रतिलिपि प्रमाणित गरेर दिएको छ। यो विवरण पछिल्लो सेयर संरचनाअनुसार हुनुपर्ने विभागको भनाइ छ।

होटलले विभागमा पेस गर्नुपर्ने कागजातको मापदण्ड पूरा नगरेको, सेयर विवादमा रहेको, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दिएको सुझावअनुसार काम गर्नुपर्ने तथा अख्तियारले आवश्यक छानबिन गरिरहेकाले पनि कुनै सेवा सुविधा लिने÷दिने सिफारिस विभागले गरेको छैन।

विभागका महानिर्देशक घिमिरका अनुसार यसको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)पनि प्रक्रियामा नै छ। ईआईए पूरा गर्न समय लाग्छ। ईआईएकै विषयमा गत महिना छलफलमा बोलाउँदा यो होटल सहभागी नभएको मन्त्रालयले जानकारी दिएको छ।

हायातको नवीकरण गत असोज १ गत सकिएको थियो। नवीकरण सकिएको ११ महिनासम्म पनि उसले नवीकरणको आवेदन दिएको छैन।

अन्य समस्या र होटलको गैरजिम्मेवारीका कारण नवीकरण नहुँदा यसलाई कुनै पनि सेवा सुविधा दिने विषयलाई विभागले सिफारिस दिएको छैन। विभागको सिफारिस बिना यो होटलले विदेशी मुद्रा कारोबार गर्नु अवैधानिक भएको महानिर्देशक घिमिरे बताउँछन्।

विभागका अनुसार ‘वातावरण संरक्षण ऐन २०५३ को दफा ३ र नियमावली २०५४ को अनुसूची ३ ले प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। पर्यटन मन्त्रालयले जारी गरेको निर्देशिकको बुँदा ८१ (४) (क)ले ५० शैयादेखि सय शैयासम्मको भए प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र सय शैयाभन्दा माथिको क्षमताको भएमा ईआईए प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ। व्यवस्थाअनुसार ईआईएका लागि कार्यसूची स्वीकृत भएको अवस्थामा मात्र नवीकरण तथा ईआईए प्रक्रियामा रहेको जानाकारी होटलको अवस्था माग गर्ने निकायलाई दिने गर्छ। हायातका सन्दर्भमा ईआईए प्रक्रियामा रहेको मात्रै जानकारी विभागले दिएको छ।

७४ लाख ४९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृति रहेको यो कम्पनी आफैं जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ। यसले जोमिखमा होटल चलाइरहेको पनि मन्त्रालयका अधिकारी बताउँछन्। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार ठूलो लगानीको होटल भएको, विदेशी मुद्राको वार्षिक कारोबारको परिमाण उल्लेख्य हुने तथा यसले दिएको सयौंको संख्याका रोजगारीसहित होटलको बिजनेस बन्द गर्न नमिल्ने व्यावहारिक कारण छ। होटलले कानुनी आधार पूरा ग¥यो÷गरेन भन्दा पनि व्यावहारिक कारण हेरेर अनुमति दिइएको छ। यसको वार्षिक करोडौंको व्यापार बन्द गर्न नमिल्ने र होटल बन्द गराएर मात्रै समस्याको समाधान नदेखिने भएकाले पनि कारोबार गर्न दिनु बाध्यता भएको बताए।

होटलले विदेशी मुद्रा अपचलन ग¥यो भन्यो त्यहीअनुसारको कारबाही हुन्छ। तर अहिले कुनै पनि निकायबाट केही नआएकाले र अन्य कानुनी पक्ष हेर्ने अरु नै निकायको भएको तर्क निरौलाको छ। उनका अनुसार यो होटलले सेयर लगत पेस नगरेको, सरकारी नियम कानुन पालना गरेको विषयमा पनि सम्बन्धित निकायले नै हेर्नुपर्ने हो। ‘राष्ट्र बैंकले भने होटललाई विदेशी मुद्रा कारोबार गर्न नदिँदा पर्ने असर र औचित्यका आधारमा मात्रै अनुमति दिएको हो’, निरौलाले भने।

होटल नवीकरण गर्न केही नगरी बसेको अवस्था होइन। योसँगै अन्य सानाठूला होटलको पनि नवीकरण नभएको तथा ईआईएका लागि प्रक्रियामा छ। होटलको कागजात मूल्यांकन भइरहेको र यसका लागि केही समय लाग्ने तथा नवीकरण र ईआईए प्रक्रियामा रहेका आधारमा राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारको अनुमति दिएको हो।

नवीकरण तथा विदेशी मुद्रा कारोबारका विषयमा जानकारी लिन खोज्दा होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परिवार सम्पर्कमा आउन चाहेनन्। यही होटल सञ्चालक राधेश्याम सर्राफले सञ्चालन गरेको याक एन्ड यतीको पनि गत चैत २३ देखि नवीकरण सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.