भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ कार्यतालिका

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ कार्यतालिका

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन्। उनी बुधबार मध्याह्न करिब १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन्। विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्।उनी तीन वर्षको अन्तरालपछि नेपाल-भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै काठमाडौं ओर्लंदैछन्। 

उनले बैठकमा सहभागी हुनुअगावै शिष्टाचार भेट गर्नेछन्। उनलाई परराष्ट्रसचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् भने त्यसलगत्तै उनले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।प्रधानमन्त्री ओलीसँग जयशंकरले नेपालको पछिल्लो राजनीतिक अवस्था र दुईपक्षीय सम्बन्धबारे छलफल गर्नेछन्।

उनले भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्। उनी विदेश मन्त्रालयको राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। उनले २०७२ असोजमा गरेको राजनीतिक भेटघाटको अवस्थालाई चिर्न पनि अहिलेको भेटघाट महत्वपूर्ण रहेको अधिकारीहरू बताउँछन्। 

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.