गाँजासहित तीन पक्राउ

गाँजासहित तीन पक्राउ

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारबाट आठ किलो पाँच सय ग्राम लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्। 

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा कास्की जिल्लाको माछापुच्छ्रे  नगरपालिका वडा नम्बर ८ बस्ने सन्जोग सुनारलाई गाँजासहित पक्राउ गरेको थियो।

बसको सिटमाथि कपडाको झोलामा लुकाएर राखेको अवस्थामा जोगिमारा प्रहरीको टोलीले गाँजा बरामद गरेको हो। सन्जोगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा प्रतिबन्धित लागुऔषध गाँजा मलेखुबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार व्यक्तिहरुको रहेको खुल्यो। उनकै सूचनाको आधारमा स्कुटर चालक स्याङजा जिल्ला चिनिबासका नयन थापामगर र स्कुटर पछाडी बस्ने कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर ९ बस्ने संगीत विकलाई जोगीमारा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुलाई लागुऔषध ओसार पसार ऐन अन्तरगत कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.