संसदमा रवि लामिछानेको प्रसंग जोड्दै सांसदले सुनाए वेदको कथा (भिडियोसहित )

संसदमा रवि लामिछानेको प्रसंग जोड्दै सांसदले सुनाए वेदको कथा (भिडियोसहित )

काठमाडौं : राष्ट्रियसभाका सांसद कालीबहादुर मल्लले रवि लामिछानेको नाममा अहिले भइरहेको गतिविधि 'वेदका श्‍लोक पढ्न नजानेर जोगीले कुटीमा आगो लगाएको' कथाजस्तै रहेको भन्दै व्यंग्य गरेका छन्। 

बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद मल्लले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्‍चारकर्मी रवि लामिछानेको विषयलाई लिएर दुईथरी आवाज उठिरहेको भन्दै आश्‍चर्य व्यक्त गरे।

उनले भने,' 'विरोधका आवाजहरु हेर्दा वेद पढ्न नजानेर सुन धुनीमा हुन्छ भनेर घरमा आगो लगाउने जोगीको कथाजस्तो रहेको देखिएको छ।'

उनले कुटीमा आगो लगाउने जोगीको कथा यसरी सुनाए। 

एक हुल जोगी वेद पढ्न बसेछन्। वेद पढ्दै जाँदा श्‍लोकको अर्थ लगाउन जानेनछन्। त्यहाँ श्‍लोकमा 'सुन धुनी' भन्ने वाक्य रहेछ। जोगीले के बुझ्यो भने सुन त धुनीमा पाइने रहेछ भनेर आफ्ना झिटीझाम्टासहित कुटीमा आगो लगाए।भएको अन्नपात, लुगाकपडा मात्र जलेनन् भएको कुटी पनि खरानी भयो। त्यसपछि सुन खोज्न थाले। सुन फेला परेन खरानीमा। अनी उनीहरु भोकाए। उनीहरु चोर्न गएछन्।चोर्न जाँदा पक्राउ परेछन्।

त्यस देशका राजाले तिनीहरुलाई बोलाएछन्।यिनीहरुलाई फासी दिनुपर्‍यो भनेछन्।फासीको सजाए सुनाइसकेपछि एक जोगीले भनेछन्। प्रभु मेरा कुरा सुन्‍नु पर्‍यो। राजाले ल के छ तिम्रो कुरा भनेछन्।वेदमा देखेर विद्यामुरी हामी क्या करौं, मिलेन सुन ध्वोनीमा नचोरी क्या त्यसै मरुँ।'

उनले वेदका श्‍लोक पढ्न जनानेर जोगीले आफ्नो कटानमा आगो लगाएर चोर्न जानु परेजस्तै यो अहिलेको मुद्दा वेद पढ्न नजानेको कुरा त होइन, यसले आशंका पैदा गरेको भन्दै आपत्ति जनाए। 'राज्यले अनुसन्धान गर्ने कुरा र न्यायालयले न्याय दिने कुरा आफ्नो ठाउँमा छन्।तर यहाँ दुईथरी आवाज सुनिरहेका छन्।यो कस्तो अचम्म भइरहेको छ, 'उनले भने।

सांसद मल्लले सरकारले परिकल्पना गरेका र बोलेका राम्रा कुराको पनि टिकाटिप्पणी हुने गरेको भन्दै आपत्ति जनाए। 'प्रधानमन्त्रीले बेलाबेलामा सपना र भिजनबारे बोलेका कुरामाथि व्यंग्य गरियो। कागजको पानी जहाज बनाएर पानी तालमा राखेर देखाइयो,' उनले भने, 'यो बौद्धिक दरिद्रता हो।कि पानी जहाज नबुझेका हुन्।ओलीको तेल आयो भनेर पनि व्य‌ंग्य गरियो ।वीरगन्जमा तेल त आयो।'

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.