तेल छर्किएर श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास

तेल छर्किएर श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका-१ धारापानीका गणेश लम्सालले आफ्नै श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्। घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस ल‍म्साललाई सोमबार मध्यरातमा धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाइ आफू भने धन्सारको जस्तापाता झिकेर भागेका थिए।

बलिरहेकै आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हाम्फालेर गुहार मागेपछि घटनाबारे स्थानीयहरुले थाहा पाएका थिए। तत्कालै स्थानीयले आगो निभाइ उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी पठाएका थिए। बिमलाको अनुहार र हात छोराको कोखा, हात र टाउकोको आंशिक भाग जलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसी) रुपक खड्काले बताए।

आगोले डढेर गम्भीर घाइते भएकी विमलाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवाद भएपछि श्रीमानले श्रीमती र छोरालाई तारपिन तेल छर्किएर आगो लगाएको प्रहरी प्रवक्ता डिएसपी खड्काले बताए। उनका अनुसार आगो लगाउने श्रीमान गणेश लम्साल प्रहरीको नियन्त्रणमा रहेका छन्। 

घटनापछि पीडित जिल्ला अदालत धादिङबाट म्याद लिइ हिरासतमा राखेर ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान गरिरहेको खड्काले बताए। गणेशले पहिलेदेखि नै श्रीमतीलाई यातना दिने, कुटपिट गर्ने गरेको स्थानीयले बताए। श्रीमानको यातना सहन नसकेर बिमलाले एक हप्ताअघि महिला समूहमा उजुरी समेत दिएकी थिइन्। 

श्रीमतीलाई यातना नदिने, कुटपिट नगर्ने सहमती भएको पाँचौ दिनमा गणेशले श्रीमती र छोरालाई जलाउने प्रयास गरेका हुन् । यसअघि पनि पटकपटक श्रीमानले कुटपिट गरेपछि विमलाले भागेर आफन्तकोमा बस्दै ज्यान जोगाएको स्थानीयबासीले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.