गाउँको सुन्दरता जोगाउँदै रेट्रोफिटिङ (फोटोसहित)

गाउँको सुन्दरता जोगाउँदै रेट्रोफिटिङ (फोटोसहित)

धादिङ : ढुंगाले छाएको तीन तले चिटिक्‍क परेको घर। चारैतिर सिमेन्ट बालुवाले प्लाष्टर पनि गरिएको छ। दोस्रो तल्लामा निकालिएको बरन्डामा काठैकाठैले बारिएको छ। स-साना झ्यालहरु पनि राखिएका छन्। रङगरोगनले घरलाई अझैं सुन्दर देखाएको छ। यो सिद्धलेक गाउँपालिका- ५ रामप्रसाद नहर्कीको घर हो।

भूकम्पपछि यस्ता पुराना मोडलका घरहरु धादिङका ग्रामीण क्षेत्रबाट लोप भए। विनाशपछि विकासको राम्रो अवसर आएको भएपनि विकासले मौलिकता गुमाउँदै गयो। अधिकांश बनेका घरहरु १ कोठे बने। मौलिकता गुमेसँगै गाउँको सुन्दरता समेत गुम्यो। 

रामप्रसाद नहर्कीले आफ्नो घर पुरानै सुन्दरता कायम राखेर नयाँ बनाए। भूकम्पपछिको घर सर्वेक्षणमा नहर्कीको घर (प्रवलीकरण (रेट्रोफिटिङ) गरेमात्रै हुने सूचिमा पर्‍यो। प्रवलीकरण त गर्ने तर कसरी गर्ने, के गर्ने केही थाहा थिएन नहर्कीलाई। त्यति धेरै क्षति नपुगेको घरलाई भत्काएर नयाँ बनाउन सम्भव पनि थिएन। उनको पुरानै शैलीमा घर बनाउने सोचलाई भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले साथ दियो।

अहिले गाउँमा आउने अधिकांश छिमेकीले उनको पुरानै शैलीको घर देखेर छक्‍क हुँदै फेरी पुरानै शैलीमा अग्लो घर बनाएको? भनेर सोध्ने गरेको नहर्कीले बताए। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सुरक्षित पुनःनिर्माणको लागि धादिङका विभिन्न ठाउँमा अभियान चलाइरहेको भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटले नहर्कीको घर पुरानै शैलीमा प्रवलीकरण गरिदिएको हो।'प्रवलीकरण गर्ने सबै मजदुरको ज्याला एनसेटले दियो, 'नहर्कीले भने, 'निर्माण सामाग्री मैले नै खरिद गरेर पुरानो घरलाई नयाँ बनाएको हुँ ।'

निर्मला गुरुङको घर।

प्रवलीकरण गरेमात्रै पनि बलिया हुने घरहरु पनि गाउँ-गाउँमा त्यत्तिकै अलपत्र छाडिएको र प्रवलीकरण गरेर पनि घर बलियो बनाउँछ भन्ने सन्देश दिनको लागि आफूहरुले सहयोग गरेको एनसेट धादिङका संयोजक हरिराम पाठककले बताए।

उनले भने, 'गाउँमा प्रवलीकरण गर्न सक्ने दक्ष मदजुर छैनन्, हाम्रो उदेश्य मजदुर तयार पार्नु पनि हो।' प्रवलीकरण गर्दा खर्च पनि कम लागेको र नयाँ घर पाएको नीलकण्ठ नगरपालिका- ६ सुनौलाबजारकी जुना नेपालीले बताइन्। जुनाले भनिन्, 'नयाँ घर बनाउदा ठूलो बनाउँदा सकिदैन थियो, सानो घरले सबै आवश्यकता पनि पूरा हुँदैन थियो, पुरानै घरलाई थोरै पैंसामा नयाँ र बलियो बनाउन पाइयो, धेरै खुसी लागेको छ।'

जुनी नेपालीको घर।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.