सुरु भयो नेपाल-भारत संयुक्त आयोग बैठक

सुरु भयो नेपाल-भारत संयुक्त आयोग बैठक

काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएकाे छ। संयुक्त आयोगको बैठक बुधबार हाेटल याक एन्ड यतिमा सुरु भएकाे हाे।

आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरसहित  दुबै देशका उच्च अधिकारीहरु सहभागी छन्। बैठक बिहीबारसम्म चल्नेछ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। 

संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, संस्कृति, शिक्षा र दुई देशका आपसी हितका विषयमा समीक्षा हुनेछ।

सन् १९८७ जुनमा गठन गरिएकाे नेपाल-भारत संयुक्त आयोगको याे सातौं बैठक हाे। संयुक्त आयोगको यसअघिकाे बैठक सन् २०१६मा नयाँ दिल्लीमा भएकाे थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.