महानगर कमिटीमा प्रवेश गर्‍याे नेकपा सचिवालय

महानगर कमिटीमा प्रवेश गर्‍याे नेकपा सचिवालय

काठमाडौं : सत्तारुढ दल नेकपाले पार्टीको महानगर कमिटीको जिम्मेवारीका विषयमा केन्द्रीत रहेर छलफल चलाएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा महानगरपालिका कमिटी टुंगो लगाउने विषयमा पारम्भिक छलफल चलेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बताए।

‘महानगरपालिका, प्रवास संगठन लगायत एकीकरणका वाकी काममा केन्द्रीत रहेर सचिवालयमा पारम्भिक छलफल सुरु भएको छ,’ श्रेष्ठले भने,‘टुग्गिसकेको छैन। बिहिबार विहान पुनः बैठक बसेर टुंग्गो लगाउँछौं।’

वरिष्ठ नेता माधव नेपालले अघिल्लो सचिवालय बैठकको निर्णयप्रति आफ्नो असहमति पत्र औपचारिक रुपमा दर्ता पनि गराएका छन्। भदौं १ मा सचिवालयले गरेको निर्णयप्रति नेता नेपालले ७ बुँदे असहमति पत्र दर्ता गराएका हुन्। तर, बुधबार बसेको बैठकले उनको असहमति पत्रका बारेमा भने छलफल नगरेको प्रवक्ता श्रेष्ठले बताए।

‘नोट आफ डिसेन्ट भनेको छलफलको विषय होइन, माधव कमरेडले सचिवालयको अघिल्लो निर्णयमाथि असहमति पत्र दर्ज गर्नुभएको छ। त्यो उहाँको अधिकारको कुरा भयो,’ प्रवक्ता श्रेष्ठले भने,–‘त्यसमा छलफल गर्नुपर्‍यो भने छुट्टै प्रस्ताव बनेर आउँछ। अहिले असहमतिको पत्र मात्र दर्ज गराउनुभएको हो।’

भदौं १को सचिवालय वैठकले नेपालको पार्टी मर्यादाक्रम झार्नेदेखि कतिपय जवस मोर्चाहरुको जिम्मेवारी चयन गर्दा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई जिम्मेवारी दिएको भन्दै नेपाल असन्तुष्टि थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.