राजपाका ६ नेतासँग राति जयशंकरको दुई घण्टा छलफल, देउवालाई दिउँसो भेट्दै

राजपाका ६ नेतासँग राति जयशंकरको दुई घण्टा छलफल, देउवालाई दिउँसो भेट्दै

काठमाडौं : भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वबीच बुधबार राति दुई घण्टा भेटवार्ता भएको छ। द्वारिकाज होटलमा राति करिब ११ बजेसम्म भएको भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेताहरूले बताएका छन्।

भेटमा राजपा अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनिल झा सहभागी थिए। भारतीय पक्षबाट विदेशमन्त्री जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी थिए।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले दुई देशको सम्बन्धबारे छलफल भएको बताए। 'नेपाल भारत सम्बन्धबारे चर्चा भयो। उहाँले भारतको पछिल्लो अवस्थाबारे कुरा राख्नुभयो', यादवले भने, 'हामीले प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि बधाई दियौँ।'  

भेटमा अरु राजनीतिक विषयमा छलफल भए नभएकोबारे नेताहरूले बताउन चाहेनन्। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले दिउँसो १२ बजे नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीबाट राजनीतिक भेटघाट सुरु गरेका जयशंकर दिउँसो आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.