सिङ्गापुर जानुअघि ओलीलाई पार्टी बैठकबाट 'स्वास्थ्यलाभको कामना'

सिङ्गापुर जानुअघि ओलीलाई पार्टी बैठकबाट 'स्वास्थ्यलाभको कामना'

काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले फलोअपका लागि सिङ्गापुर जान लागेका ओलीलाई स्वास्थ्यलाभको कामना गरेको राससले जनाएको छ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णय गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने श्रेष्ठले बताए।

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि दिउँसो साढे १ बजे सिङ्गापुर प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी भएको जानकारी दिए।

नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ। 

प्रधानमन्त्रीलाई भएको के हो ?

स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए। फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य ठीक रहेको बताएका थिए।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेको बताए। प्रधानमन्त्री कार्यालय तथा उनको निजी सचिवालयले औपचारिक रुपमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छैन।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको फलोअप हुनेछ। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाईको अवधि तय नभएको बताए।

प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्यसहितको टोली हुनेछ। 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो। 

'२०-२५ वर्ष केही हुँदैन'

केही  दिनअघि गृहजिल्ला झापाबाट आएका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले आफू बिरामी नभएको दाबी गरेका थिए। सञ्चार माध्यमले हल्ला मात्रै फैलाएको उनको आरोप थियो। डाक्टरले आफूलाई अझै २०–२५ वर्ष केही हुँदैन भनेको उनले बताएका थिए। 

‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भनेका थिए, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०-२५ वर्ष केही हुँदैन भन्छन्। त्यसकारण म बिरामी होइन।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.