जयशंकरलाई बाबुराम र उपेन्द्रले पनि भेटे
काठमाडौं : समाजवादी पार्टीका नेताहरु र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएकाे छ। बिहीबार दिउँसो द्वारिकाज होटलमा भेटवार्ता भएको हो।
समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र स्वास्थ्यमन्त्रीसमेत रहेका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव उक्त भेटवार्तामा सहभागी थिए। आपसी हितका विषयहरू, वर्तमान भारत-नेपाल सरकारबीच सम्पर्क र आर्थिक सहयोग विस्तारकाे विषयमा छलफल भएको भट्टराईले ट्विटरमार्फत् जानकारी दिएका छन्।
Had good exchange of views with visiting Indian Minister of External Affairs @DrSJaishankar on matters of mutual interests.Happy to learn that the present Indian Government is eager to expand connectivity and economic cooperation with Nepal. pic.twitter.com/E2aYq5pi7S
— Baburam Bhattarai (@brb1954) August 22, 2019
भारतीय पक्षबाट विदेशमन्त्री जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसमेत सहभागी थिए। प्रधानमन्त्री ओलीबाट राजनीतिक भेटघाट सुरु गरेका जयशंकर दिउँसो आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्कने कार्यक्रम छ।