धमिलो पानीमा माछा मार्ने प्रयास हुँदैछ : मुख्यमन्त्री पोखरेल
गुलरिया : प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेलले देशमा राजनीतिक अन्यौलता सिर्जना गर्दै परिवर्तन रोक्न खोजिएको बताएका छन्। स्थानिय तहको अवस्था बुझ्न बर्दिया आएका मुख्यमन्त्री पोखरेलले देशभित्र धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका हुन्।
देशमा परिवर्तन ल्याएका राजनीतिक शक्तिहरु प्राप्त उपलब्धि जोगाउन एकै कित्तामा उभिएको सामन्तवादलाई पुर्नजिवित गर्ने प्रयास निरर्थक रहेको बताए। मुलुक परिवर्तनको प्रक्रियामा अघि बढीसकेकाले अवाञ्छित खेल सफल हुन नसक्ने उनको दाबी छ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणतर्फ संकेत गर्दै मुख्यमन्त्री पोखरेलले घटनाको अनुसन्धान गर्ने काम राज्यको भएपनि त्यसमा असर पार्ने काम भइरहेको प्रष्ट पारे। त्यस्ता गतिविधिले समाजलाई हित नगर्ने बताए।
‘घटनाको अनुसन्धान गर्ने अधिकार राज्यको हो यसमा कसैले पनि हिस्सा खोज्नु हुँदैन’, पोखरेलले थपे,‘अनुसन्धानलाई प्रभावित पार्नेगरी जनमतलाई उत्तेजित गर्नुहुँदैन। सबै नागरिकले अनुसन्धान प्र्रक्रियामा सहयोग गर्नुपर्छ।’