बाजुराको यातायात एक सातादेखि बन्द

बाजुराको यातायात एक सातादेखि बन्द

बाजुरा : पहिरोले सडक भत्काएपछि बाजुरा सदरमुकामको यातायात एक हप्तादेखि अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण अछामको साँफेबगर भएर मार्तडी जोड्ने सडक भासिएपछि यातायात अवरुद्ध भएको हो।

यातायात बन्द भएपछि बाजुरा सदरमुकाम आउने र बाहिर जाने यात्रुहरुलाई सास्ती भएको छ। त्रिवेणी नगरपालिकाको पैमा गाउँको क्षेउबाट पहिरो बग्न थालेपछि बुढिगंगा नदिले  बल्देदेखि अमकोट र बडिमालिका नगरपालिकाको सिमाना हरडेको खोलासम्मको करिब पाँच सय मिटर सडक पहिरोले भासिन थालेको छ। 

शनिबार रातिदेखि आएको वर्षाले बल्देमा सडक भासिएकाले यातायातका साधनहरु बल्दे बजार भन्दामाथि आउन नसकेको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए। 

पीच सडक बुढिगंगा नदिको कटानले  भासिएको र त्यसको विकल्प तयार नहुँदासम्म यातायात सुचारु हुन समस्या रहेको उनले बताए। 

‘पाँचसय मीटर सडकका लागि नयाँ सर्भे गर्ने सहमति भएको छ, त्यसका लागि सडक डिभिजन कार्यालय साँफेबगरसँग समन्वय भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.