सिम्रिक एयर १९औँ वर्षमा : चार महिनाभित्र दुई हेलिकप्टर थप्दै

सिम्रिक एयर १९औँ वर्षमा : चार महिनाभित्र दुई हेलिकप्टर थप्दै

काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक कम्पनी सिम्रिक एयर १९औं वर्षमा प्रवेश गरेको छ । सिम्रिकले आफ्नो यात्राको १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । यो कम्पनीले सफल यात्राको दौरान हेलिकप्टर सेवामा छुट्टै पहिचान बनाएको छ । सिम्रिकले हवाई उद्योगमा करिब दुई दशकको योगदान दिएको र यसको सेवाप्रतिको विश्वासले नै यसलाई स्थापित बनाउन सहयोग पुगिरहेको सिम्रिक एयरका महाप्रबन्धक प्रेम थापाले बताए ।

हेलिकप्टर सेवामा निरन्तरको योगदानले स्थापित कम्पनी बन्न सफल सिम्रिक एयरका मार्केटिङ प्रमुख योगेश सापकोटाले बताए । उनका अनुसार सिम्रिकले हाल पाँचवटा हेलिकप्टरमार्फत सेवा दिइरहेको छ । सिम्रिकसँग एएस ३५० बीथ्रीई नामका चारवटा र बेल ४०५ जीएक्सपी एक हेलिकप्टर छ । हेलिकप्टरमार्फत एयरले उद्दार, पर्यटकीय उडान, दृश्यावलोकन, सामान ढुवानीलगायत क्षेत्रमा योगदान पुर्‍याइरहेको छ ।

यसले थप सेवा विस्तारका लागि दुईवटा हेलिकप्टर ल्याउने भएको छ । डिसेम्बरभित्र दुईवटा हेलिकप्टर थप गर्ने कम्पनीले जनाएको छ । नयाँ किन्न लागेका दुई हेलिकप्टर बेल ५०५ हुन् । नयाँ दुई हेलिकप्टर थप गरेपछि यो कम्पनीका होलिकप्टर संख्या सात पुग्नेछ ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई दृष्टिगत गरी सिम्रिक एयरले हेलिकप्टर थप गर्न लागेको सापकोटाले जानकारी दिए । उनले भने, ‘सिम्रिक एयरले पर्यटन वर्षमा योगदान दिई सेवामा सहजता प्रदान गर्न हेलिकप्टर थप्ने भएको हो ।’ उनका अनुसार जहाज थप गर्दै जाने र हवाई सुरक्षामा ध्यान दिँदै सशक्त सेवा दिन सधैं प्रतिबद्ध रहेको उल्लेख छ ।

सिम्रिक एयरले १८ औं वार्षिकोत्सवसँगै सगरमाथा मापनको नेपाली टोलीसँग सहकार्य गर्न पाउँदा धन्यवाद दिएको छ । सगरमाथा मापन टोलीलाई हेली सेवा सिम्रिकले दिएको थियो ।

सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलका अनुसार पहिलो पटक नेपालले सर्वोच्च शिखरको उचाइ लिन खोजेको बताए । यसका लागि सिम्रिकले उच्च हिमाली क्षेत्रमा सर्वेक्षणका लागि मापन टोलीलाई साथ दिएको थियो । ६ जनाको टोलीले डेढ महिना लगाएर गरेको उचाइ मापन कार्य सकिएको छ । सगरमाथाको उचाइमा पुगेर टोली फर्किएको भए पनि गुरुत्वाकर्षण तथा जीपीएस तथ्यांक मात्रै संकलन भएको छ । यसको तथ्यांक प्रशोधनकै क्रममा रहेकाले सगरमाथाको उचाइका लागि भने टोलीलाई अझै केही महिना लाग्ने पनि उनले जानकारी दिए ।

मापन टोलीका अनुसार सगरमाथाको उचाइ नाप्ने काम शिखरमा पुगेर फर्किनासाथ हुने होइन । सगरमाथालाई सेन्टर बनाएर हिमाल, पहाड र तराई तीनै क्षेत्रको जमिनको संरचनाको सर्वेक्षण गर्नुपर्छ । त्यसपछि आएको तथ्यांकलाई प्रशोधन गरेर र आवश्यक प्राविधिक प्रक्रियापछि मात्रै सगरमाथाको उचाइ निकाल्न सकिने जानकारी डंगोलले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.