ककनी–कुटुमसाङ पदमार्ग प्रस्ताव

ककनी–कुटुमसाङ पदमार्ग प्रस्ताव

नुवाकोट : नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण प्रक्रिया अघि बढेको छ। पदमार्गको नाम ‘ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ अर्गानिक पदमार्ग’ प्रस्ताव गरिएको छ।

शिवपुरी, ककनी, दुप्चेश्वर गाउँपालिकामा प्रांगारिक कृषि र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्ग निर्माण अभियान थालिएको हो। उक्त पदमार्ग निर्माण र प्रांगारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि चालु वर्षमा कृषि मन्त्रालयबाट ५ करोड रुपैयाँ बजेट छुट्टाइयाइएको छ।

पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ। पदमार्ग निर्माण योजना प्रभावकारी ढंगले कार्यान्वयनका लागि सुझाव संकलन तथा सरोकारवालासँग छलफल गरिएको नुवाकोटका प्रतिनिधिसभा हितबहादुर तामाङले जानकारी दिए। पदमार्ग निर्माणसँगै स्थानीय विशेषता र प्रांगारिक उत्पादनमार्फत कृषि पर्यटनलाई बढावा दिनुपर्ने उनले बताए।

प्रदेश ३ की उपसभामुख राधिका तामाङले संघीय सरकारको अर्थ र कृषि मन्त्रालयमा पहल गरी प्रदेशमार्फत सशर्त बजेट विनियोजन गरिएको बताइन्। प्रदेशसभा सदस्य बद्री मैनालीले ककनीमा पर्यटन विकासका लागि शिवपुरी राष्ट्रिय निकुञ्जसँग स्पष्ट कुराकानी हुनुपर्ने बताए। शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले स्थानीय सरकार र सरोकारवालासँग समन्वय गरी डीपीआर सच्याउन आग्रह गरे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले तीनै तहको सरकारको समन्वयमा उच्चस्तरीय प्राविधिक समितिमार्फत अध्ययन र कार्यविधि बनाइ कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। उनले यो पदमार्ग दूरगामी महŒवको रहेकाले केन्द्र सरकार समन्वय र सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रममा प्रांगारिक कृषि विज्ञ गोविन्द शर्मा, गाउँ पर्यटन प्रवद्र्धन मञ्चका निवर्तमान अध्यक्ष कमल सापकोटा र कृषिविद् शरदचन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए। नुवाकोटका ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङलाई प्राथमिकता दिए पनि यसले काठमाडौं र सिन्धुपाल्चोक जोड्न सहभागीले सुझाव दिएका छन्।

ककनीका २ र ५, शिवपुरीका ७ वडा र दुप्चेश्वरका २ र ४ वडा समेट्ने प्रस्ताव छ। ती नुवाकोटको पर्यटकीय क्षेत्र हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.