मारुनी नाच्दै पूर्वतिर

मारुनी नाच्दै पूर्वतिर

इटहरी : भदौ १३ बाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ प्रचारप्रसारका लागि नेपाल टुरमा निस्केको छ। नेपाल टुरको सुरुआत सुनसरीको इटहरीबाट भएको छ। बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मको मुख्य नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शकसँग साक्षात्कार गरेका थिए।

लगभग तीन हजार मानिसको उपस्थिति रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले ‘जाम् न माया जाम्’ र ‘सक्दिनँ म बाँच्न’ गीतमा आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा स्थानीय मोडलहरूले मारुनीको टिसर्टमा र‍्याम्प वाक् गरेका थिए। साथमा अन्य थुप्रै प्रस्तुति पनि भएको थियो।

पुनम इन्टरटेनमेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मीना क्षेत्री र राजा प्रधान सहनिर्मातामा छन्। फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेबिका गुरुङ, विनोद भट्टराई, शंकर सेढाईं, अर्जुन श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ। सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरिरहेका छन्। फिल्म कलरको जिम्मा रेनिश फागोले लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.