‘ट्वान्टी नाइन’का घोडाहरू

‘ट्वान्टी नाइन’का घोडाहरू

काठमाडौं : ओहो कति धेरै घोडा। सेतो घोडाको ढाडमा टेकेर कुनै युवती सर्कसमा नाचिरहेकी छन्। अर्कोतिर नीलो गगनको काखमा खैरा सेता घोडाहरू बेतोडले कुदिरहेका छन्। समुद्रका छालबीच सेता घोडा कृष्णको रथ तानिरहेका छन्। सुनौला घोडाहरू पानीमा हाम्फालिरहेका छन्। घोडाहरूको फरक फरक मुडलाई अनेक चित्रमा समेट्ने प्रयास गरिएको छ।

नेपाल आर्ट काउन्सिलमा ‘ट्वान्टी नाइन’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ। यसरी घोडाका विभिन्न भावभंगीलाई चित्रमा उतारेका हुन्, भारतीय चित्रकार सर्फुद्दिन अहम्मदले। घोडा दौडको तेज, रोमान्टिक मोमेन्ट, फेन्टासीलाई चित्रमा समेट्न खप्पिस सर्फुद्दिन आफ्नो पहिलो एकल चित्र प्रदर्शनीका लागि एक महिनादेखि नेपालमा छन्।

इतिहासका साहसिक कथामा घोडालाई बहादुरीको प्रतीकका रूपमा प्रयोग गरिएको छ। उनले पौराणिक कथादेखि, इतिहासका गाथासम्म घोडाको वीरताको प्रशंसा सुनेका थिए। सानैदेखि घोडामा लगाव बस्यो उनको।

सर्फुद्दिनको बाल्यकालमा यातायातको साधन नै घोडा थियो। कसैलाई सुत्केरी बेथा लाग्यो भने घोडामै बोकाएर अस्पताल पुर्‍याइन्थ्यो। सिनेमा, सर्कस, नाटकमा घोडाको शक्तिलाई देखाइन्थ्यो। विभिन्न समयमा हुने घोडसवारी हेर्नु उनको सोख थियो। मनमा गढेर बसेको घोडाप्रेमलाई उनले चित्रमार्फत समाज, संस्कृति र मान्छेको जीवनशैलीसँग जोडेका छन्।

भदौ १ देखि प्रदर्शन भइरहेको चित्रकला प्रदर्शनीमा २९ वटा चित्र समावेश गरिएको छ। वेस्ट बंगाल भारत कलकत्ताका रैथाने सर्फुद्दिन पेसाले भिजुअल आर्टिस्ट हुन्। कलकत्ता विश्वविद्यालयबाट भिजुअल आर्टमा ब्याचलर्स गरेका सर्फुद्दिनले महिला, बालबालिका, प्राकृतिक सुन्दरता तथा संस्कृतिका अनेक आयाम सिरिजमा काम गरेका छन्।

प्रदर्शनीमा दस हजार रुपैयाँदेखि एक लाखसम्मका चित्र समावेश छ। सानैदेखि चित्र कोर्न सिपालु अहम्मद २० वर्षदेखि यही पेसामा सक्रिय छन्। उनले भारतकै विभिन्न सामूहिक प्रदर्शनीमा सहभागिता जनाएका छन्। एकल प्रदर्शनी भने पहिलो हो।

प्रदर्शनीका लागि उनले आठवटा चित्र कलकत्तामा बनाएका थिए। अन्य चित्र नेपालमै बसेर कोरेका हुन्। उनी प्रोफेसनल चित्रकार हुन्। किताबको कभर डिजाइनदेखि, स्केच, पोट्रेट, पत्रपत्रिकामा चित्र बनाउने काममा आफूलाई पोख्त बनाएका छन्। भन्छन्, ‘कुची चलाउँदा म सबैलाई बिर्सन्छु, रङमा जीवनका सुन्दर पल पोतिएजस्तै लाग्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.