पोखरीमा डुबेर एकको मृत्यु

पोखरीमा डुबेर एकको मृत्यु

सिन्धुली : सिन्धुलीको  दुधौली नगरपालिका ९ आपडाँडामा पोखरी डुबेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ डुबेर स्थानीय ५३ वर्षिय ढकबहादुर खत्रीको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। 

उनका अनुसारदुधौली ९ आपडाँडामा रहेको  धारापानी  सामुदायिक वन क्षेत्रमा रहेको पोखरीमा डुबेर खत्रीको मृत्यु भएको हो।
बिहीबार बिहान घरबाट हिडेका खत्री बेलुकासम्म घर नआएपछि घरका सदस्यले खोजी गरेका थिए।

नुहाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेपनि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.