नेपाल प्रहरीमा करिब ४ हजारका लागि जागिर खुल्यो, कुनमा कति ?
काठमाडौं : नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रहरीले ६ भदौमा सूचना प्रकाशित गरी दरखास्त आवेदन माग गरेको हो। नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको छ।
कुल दरबन्दीमध्ये प्रहरी जवान (जनपद) तर्फ ३५९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) १८०, प्रहरी कार्यालय सहयोगी (हजाम) १०, प्रहरी कार्यालय सहयोगी (कुचिकार ) २०, प्रहरी कार्यालय सहयोगी (खेलाडी) २५ सिट रहेको छ। दरखास्त फारम ९ भाद्रदेखि १३ असोजसम्म भर्न सकिने नेपाल प्रहरीले जनाएको छ।
भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत राखिएको छ।
हेर्नुहोस् विज्ञापन