'कम्युनिस्ट नेता राजा-महाराजा भएपछि जनताले लखेट्छन्'

'कम्युनिस्ट नेता राजा-महाराजा भएपछि जनताले लखेट्छन्'

काठमाडौं : नेकपाका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट नेता 'राजा-महाराजा' हुन थालेपछि जनताले लखेट्ने गरेको बताएका छन्। अध्यक्ष प्रचण्डले कम्युनिस्ट विस्तारै बुर्जुवा शैलीतर्फ जान थालेको चिन्ता व्यक्त गर्दै भने, कम्युनिस्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्‍ने  भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति बढेको छ। राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै-विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेको देखिन्छ।'

ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको  प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले  ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ। यसलाई परिवर्तन गर्नुपर्छ ।'

उनले भने, 'हिजोभन्दा आज कम्युनिस्टको अनुशासनको स्तर गिर्दै त छैन भन्‍नर् प्रश्‍न आउन थालेको छ।' सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको उदाहरण रहेको बताए उनले भने, 'पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।'

प्रचण्डले मार्क्सवादलाई अक्षरसः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताए। 'एउटा प्रवृति मार्क्सवाद , लेनिनवाद, या द्वन्द्वत्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने पर्छ ।' उनले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.