मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान गरेका छन्। बेलायतमा तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलामा सहभागी हुन् मुख्यमन्त्री गुरुङ श्रीमतीसँग शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

बेलायतको लन्डनमा भदौ ७ र ८ गते नेपाली मेला हुँदैछ। गुरुङका स्वकीय सचिव सूर्यप्रसाद गुरुङका अनुसार मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथि हुनेछन्। बेलायत बसाइको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन बेलायतसहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ। 

बेलायत बसाइको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए। मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.