१ लाख ९० हजार नक्‍कली भारुसहित दुई पक्राउ

१ लाख ९० हजार नक्‍कली भारुसहित दुई पक्राउ

वीरगन्ज : प्रहरीले वीरगन्जबाट नक्‍कली भारु नोटसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका-२ बैरिया विर्ता घर भएका ३४ वर्षीय दिलिप साह र वीरगन्ज महानगरपालिका-२ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन्।

उनीहरुको साथबाट दुई हजार दरका नक्‍कली भारु नोट ९५ थान अर्थात् 1 लाख ९० हजार नक्‍कली भारु बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। वीरगन्जबाट रक्सौल पैदल जाँदै गरेका दुवैजनालाई वीरगन्ज १६ इदगाह चोकमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट दुई हजार दरको ९५ थान नक्‍कली भारु नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

नक्‍कली भारु नोटसहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रौठारले बताए।  प्रहरीले वीरगन्जबाटै २ लाख ५० हजार अवैध भारुसहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ।

प्रहरीले भारत विहारको वैशाली थाना लालगञ्ज पोष्ट खन्जाहा चौक बस्ने ३६ वर्षीय मिथिलेस कुमारलाई अवैध भारुसहित पक्राउ गरेको हो। वीरगन्जको इनर्वास्थित शंकराचार्य गेटहुँदै रक्सौलतर्फ पैदल जाँदै गरेका मिथिलेसको साथबाट भारतीय रुपैयाँ २ लाख ५० हजार फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.