ओलीसँग सम्बन्ध सुधार्न प्रचण्डसँग नेपालको भेट
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपालको बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासको रुपमा यस भेटवार्तालाई अथ्र्याइएको छ । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्री ओली विदेश भ्रमणमा जानुअघि नेता नेपालसँग बिग्रिएको सम्बन्धलाई सुधार्ने पहल भएहो हो ।
नेता नेपाल निकट एक नेताले शुक्रबार बिहान खुमलटारमा अनौपचारिक ‘भेटघाट’ भएको अन्नपूर्ण अनलाईनसँग बताए । प्रचण्डले बोलाएपछि उनलाई भेट्न नेता नेपाल बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए । बैठककै रुपमा महत्वपूर्ण मुद्दा नभएको ती नेताको दावी छ । प्रधानमन्त्रीले नेता नेपालको शुभकामना सन्देश नै अस्वीकार गरेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको हो ।