आर्यनको फिल्मी करियर सकिएकै हो त?

आर्यनको फिल्मी करियर सकिएकै हो त?

काठमाडौं : नायक आर्यन सिग्देलको फिल्मी करियर आजभोलि ओरालो लागेको हरिणको चाल जस्तै भएको छ । कुनै समय नेपाली फिल्म उद्योगमा आर्यनको बलियो पकड थियो । उनलाई लिएर बनाइएका फिल्महरु बक्स अफिसमा खरो उत्त्रन्थ्यो । फिल्म मेकरहरु उनलाई लिएपछि लगानी उठ्नेमा ढुक्क हुन्थे । तर कुनै समय महंगो नायकका रुपमा चिनिने आर्यनको फिल्मी करियर यतिबेला डुब्न लागेको टाइटानिक जहाज जस्तै भएको छ । 

उनका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फल्प खाएका छन् । दर्शकलाई नयाँ टेष्ट दिन फरक भूमिकामा देखिने आर्यनका प्रयासहरु विफल भएका छन् । यति सम्मकी रोम्यान्टिक अवतारमा पनि दर्शकले उनलाई रुचाउन छाडेका छन् । यसको पछिल्लो उदाहरण फिल्म ‘हजार जुनीसम्म’लाई लिन सकिन्छ । यस फिल्मका लागि आर्यनले युवा अवस्थादेखि बुढ्यौली गेटअपमा आफुलाई ढालेका थिए । तर उनले मेहेनत गरे अनुसारको प्रतिफल भने पाउन सकेनन् । पोस्टर र फिल्मको ट्रेलर हेरेरै हलसम्म पुगेका दर्शकलाई फिल्मले निराश बनाएको छ ।

विशेषतः प्रेमकथानक चलचित्रमा जमेका आर्यन दर्शकमाझ चकलेटी र रोम्यान्टिक हिरोका रुपमा परिचित छन् । आर्यनका लागि हजार जुनीसम्म करियरलाई पहिलेकै ट्रयाकमा ल्याउने राम्रो अवसर थियो । यहि सोचेर उनी फिल्मको प्रमोसनमा पनि जमेरै लागेका थिए ।

चलचित्र हजार जुनीसम्म हेर्न दर्शक हलसम्म नआइदिएपछि आर्यनको करियरलाई ठूलो झट्का लागेको बुझ्न सकिन्छ । दर्शकले पत्याउन छाडेपछि गतवर्ष आफ्नै ब्यानरमा आर्यनले फिल्म ‘कायरा’ बनाएका थिए । उक्त चलचित्रमा उनले अहिलेकी डिमाण्डकी नायिका साम्राज्ञी आरएल शाहलाई महंगो पारिश्रमिकमा फिल्मका लागि अनुबन्धित गराएका थिए । तर उक्त फिल्मले पनि हलमा राम्रो व्यापार गर्न सकेन । फलस्वरुप आर्यनको फिल्मी करियर अझै नराम्रोसंग पछारियो ।

प्रदर्शनमा रहेको हाजार जुनिसम्मले व्यापार गर्न नसकेको अवस्थामा उनको अर्को फिल्म ‘च चहुई’ समेत प्रदर्शनमा आउँदै छ । फिल्म फ्लप खाए पनि उनी अन्य फिल्ममा समेत अनुबन्धित भइरहेको खबर बाहिर आएका छन् । तर के आउँदा फिल्महरुमा आर्यनले दर्शकको मन जित्न सक्लान् त?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.