बाजुरा जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु

बाजुरा जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु

बाजुरा : बाजुरा जिल्ला अस्पतलामा एक सुत्केरीको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका–६ जिल्लाकी २१ वर्षीया बसन्ती नेपालीको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए । जिल्ला अरुपताल बाजुराका एमडिजीपी डाक्टर दुर्गा महर्जनका अनुसार सुत्केरीको पाठेघर र सालको बीचमा रगत बगेको थियो ।

साथै पाठेघरमा आमाको रगतसँग मिसिएर मुटु र फोक्सोमा गएर स्वास फेर्ने नलिनै बन्द भएकोले मृत्यु भएको हुनसक्ने डाक्टर दुर्गा महर्जनको भनाइ छ । स्वास्थ्यकर्मीले साउन २६ गतेदेखि २ गतेसम्म सुत्केरी हुने मिति तोेकेको र दुई गते जिल्ला अस्पताल आउनुपर्ने बताएका थिए ।

सुत्केरी ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । शिशु जन्मेको केही एक घण्टासम्म आमाको अवस्था राम्रो रहेको र एक्कासी स्वास्थ्यमा समस्य आएर मृत्यु भएको निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.