इन्द्रजात्रामा सम्पदा देखाउन विदेशी पाहुना बोलाइने

इन्द्रजात्रामा सम्पदा देखाउन विदेशी पाहुना बोलाइने

काठमाडौं : काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवसरमा ४८ पाहुनालाई बोलाउने भएको छ। महानगरको भगिनी सम्बन्ध भएका ६ देशका १३ नगरबाट ५ प्रमुखसहित ४८ पाहुना काठमाडौं आउने भएका छन्। चार दिनको बसाइमा पाहुनालाई भूकम्पपछि भत्किएका र पुनर्निर्माण हुँदै गरेका सम्पदा देखाइँदै छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार भत्किएका सम्पदा देशका इतिहास भएकाले देखाउन अझै आवश्यक छ। ‘भत्केका सम्पदा पनि हाम्रा इतिहास हुन्। यसमा लुकाउनुपर्ने केही छैन’, प्रवक्ता डंगोलले भने। पाहुनाले इन्द्रजात्रामा जीवित देवीको पूजाआरधनाबारे बुझ्न पाउने र नेपालको सांस्कृतिक सम्पदासमेत अवलोकन गर्न पाउने उनको धारणा छ।

भ्रमणले भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने काठमाडौं महानगरका प्रवक्ता डंगोल बताउँछन्। तर, भूकम्पपछि पुनर्निर्माणको गति सुस्त भएसँगै अधिकांश धरोहर जीर्णोद्धारकै क्रममा छन्। त्यसमाथि काठमाडौं सहर अव्यवस्थित बन्दै गएको छ। सरसफाइ, सडकजस्ता पूर्वाधार पनि व्यवस्थित हुन सकेका छैनन्। पूर्वाधारविद् सूर्य भट्ट सांगाथे भ्रमणका लागि पाहुना बोलाउँदा महानगरले पर्याप्त तयारी गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘भिजिट नेपाल घोषणा गरेर मात्र हुँदैन। हाम्रो तयारी नपुगेमा यसको उल्टो असर पर्न सक्छ।’

महानगरले औपचारिक रूपमा पहिलो पटक यसरी पाहुना डाकेको हो। अवलोकन गर्न आउने पाहुनाले इन्द्रजात्राका मूर्त÷अमूर्त पक्षको अवलोकन गर्नुका साथै वसन्तपुरलगायत महानगरभित्रका सहरी क्षेत्र, स्वयम्भू, बौद्धनाथ क्षेत्र, चन्द्रागिरि, ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायर भ्रमण गर्नेछन्।

भदौ २७ गते पर्ने सो पर्वमा चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका प्रमुख मोहम्मद सहिद खोकन र भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे आउने भएका छन्। त्यस्तै, भारतको इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वको टोली जात्रा अवलोकन गर्न आउने पत्र प्राप्त भएको छ।

त्यस्तै, चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली काठमाडौं आउने बताइएको छ। टोली भदौ २६ गते काठमाडौं आइपुग्ने र भदौ ३० गते स्वदेश फर्किने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.