टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडरमा स्वस्तिमा र प्रदीप

टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडरमा स्वस्तिमा र प्रदीप

काठमाडौं:  दुई पांग्रे र तीन पांग्रे सवारी साधन निर्माता कम्पनी टिभिएस मोटरले नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।

टिभिएस मोटर र नेपालमा टिभिएसको दुई पांग्रेस सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्सले उनीहरुलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो।

जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्ल्याटफर्म 'टिभिएस स्मार्ट कनेक्ट' रहेको जनाउँदै जगदम्बाले यो नेपालकै पहिलो कनेक्टड स्कुटर भएको भएको बताएको छ। यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकास गरिएको जनाउँदै उसले यसमा स्टेट-अफ-आर्ट सीभीटीआई-आरईभीभी ३ भल्भ इन्जिन रहेको जनाएको छ।

टिभिएस मोटरको इन्टरनेशनल विजनेशका एक्जेक्विटिभ भाइस प्रेसिडेन्ट आर दिलिपले अघिल्लो वर्ष नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेको हो। उनले भने,' स्वस्तिमा र प्रदीप नेपालका युवा आकांक्षाका प्रतिक हुनुहुन्छ। उहाँहरुसँगको सहकार्यले ब्राण्ड अघि बढ्ने विश्वास लिइएको छ।'

शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवालले लोकप्रीय ब्राण्ड टिभिएस एनटर्क १२५ मा मनोरञ्जन क्षेत्रका युवा आइकनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। अभिनेत्री स्वस्तिमाले आफूले गत वर्षदेखि नै टिभिएससँग आवद्ध भएको सुनाउँदै आफूलाई मनपर्ने टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडर हुन पाउँदा खुशी लागेको बताइन्।यो स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषताः नेभिगेसन एसिस्ट, कलर आइडी फंगसनले मोहित बनाएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.