टेनिसका राजा

टेनिसका राजा

रोजर फेडेरर चर्चित टेनिस खेलाडी हुन्। उनको जन्म सन् १९८१ मा स्विजरल्यान्डमा भएको थियो। उनका बाबुको नाम रोबर्ट फेडेरर हो भने आमाको नाम लिनेट फेडेरर हो। उनका बाबु स्विस हुन् भने आमा अफ्रिकी हुन्। त्यसैले उनीसँग दुवै देशको नागरिकता छ।

रोजर फेडरर व्यावसायिक स्विस टेनिस खेलाडी हुन्। टेनिस व्यवसायी संघको वरीयताक्रमअनुसार उनी अहिले तेस्रो वरीयताका खेलाडी हुन्। उनी सन् २००२ अक्टोबरदेखि वरीयताक्रममा लगातार शीर्ष १० मा पर्न सफल भएका छन्। यसैगरी सन् २००१ अप्रिलदेखि वरीयताक्रममा लगातार शीर्ष २० भित्र पर्न सफल भएका छन्।

उनलाई जर्मन, स्विस, फ्रेन्च र अंग्रेजी भाषाको ज्ञान छ। स्विजरल्यान्डमा हरेक पुरुष सेनामा जानुपर्छ। फेडेरर पनि गए। तर पिठ्युँको समस्याका कारण उनलाई त्यहाँबाट निकालियो। बाल्यावस्थामा उनी फुटबल धेरै राम्रो खेल्थे। उनले फुटबल खेलेको देखेर मानिसले उनलाई भविष्यमा राम्रो फुटबलर बन्नेछन् भन्ने गर्थे।

सानैबाट फेडेररलाई खेलप्रति विशेष रुचि थियो। सानैदेखि खेलमा उनको आँखा र हातको संयोजन धेरै राम्रो थियो। त्यसैकारण पनि उनी ब्याडमिन्टन, बास्केटबल र फुटबलजस्ता खेल सजिलै खेल्ने गर्थे।

११ वर्षको उमेरमा स्विजरल्यान्डमा उनी तेस्रो नम्बरको जुनियर टेनिस खेलाडी बने। त्यति बेला उनी टेनिससँगसँगै अरू खेल पनि खेल्ने गर्थे। १२ वर्षको उमेरमा उनले आफ्नो सम्पूर्ण समय टेनिसमै बिताउने र यसलाई आफ्नो करिअर बनाउने निर्णय गरे। आफ्नो खेललाई राम्रो बनाउन उनी आफ्ना आदर्श खेलाडी स्टिभन एडवर्ग र बोरिस बेकरको नक्कल गर्ने कोसिस गर्थे। १४ वर्षको उमेरमा उनी स्विजरल्यान्डको नेसनल जुनियर च्याम्पियन बने। १६ वर्षको उमेरमा पहिलो स्पोन्सर पनि प्राप्त गरे।

कडा मेहनत र कहिल्यै हार नमान्ने सोचका कारण उनले जुनियर विम्बल्डन टाइटल र अरेन्ज बो पनि जिते। सन् २००३ मा फेडेररले ग्र्यान्ड स्ल्याम टाइटल जिते भने यसको एक वर्षपछि उनी दोस्रो वरीयताका खेलाडी बन्न पुगे। त्यसै वर्ष उनले अस्ट्रेलियन ओपन, यूएस ओपन, एटीपी मास्टर्स र विम्बल्डन जिते। सन् २००५ को सुरुआतमा उनी पहिलो वरीयताका खेलाडी बन्न पुगे। यसपछि सन् २००८ सम्म उनको नाम पहिलो वरीयताको खेलाडीमै रहिरह्यो।

त्यसपछि उनको हार्ने सिलसिला सुरु भयोे। कुनै समय च्याम्पियन भएका फेडेररले पाँच वर्षसम्म विभिन्न प्रतियोगिता हारिरहे। टेनिसको दुनियाँमा नोभक जोकोभिच आए। जोकोभिच आएपछि सबैले फेडेररको समय सकियो, फेडेरर अब बूढा भए, खेल्न सक्दैनन् भन्ने टिप्पणी दिन थाले। यसको पाँच वर्षपछि ३५ वर्षको उमेरमा उनले स्ल्याम टाइटल जिते। त्यसपछि उनी टेनिसका बादशाह भए। सन् १९७२ पछि कुनै पनि खेलाडीले ३५ वर्षको उमेरमा ग्र्यान्ड स्ल्याम टाइटल पुरस्कार जितेका थिएनन्। उनले तीन सय चौध म्याच जितेका छन् भने ९१ म्याच हारेका छन्। उनको विवाह मिर्का भ्याब्रिनेकसँग भएको थियो। उनी पनि एक टेनिस खेलाडी थिइन्। फेडेररसँग पुरस्कारस्वरूप पाएको पैसा मात्रै सय मिलियन डलरभन्दा माथि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.