सुनको भाउमा फेरि नयाँ कीर्तिमान : तोलाकै पुग्यो ७२ हजार ५ सय
काठमाडौं : साउन ३१ गते सुन तोलामा ७१ हजार ५ सय पुगेर नयाँ कीर्तिमान बनाएको सुनको मूल्य फेरि बढेर ७२ हजार ५ सय पुगेको छ। शुक्रबार ७१ हजार ३ सयमा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।