धादिङमा ४ वर्षमा ३ सय ३४ ले गरे आत्महत्या

धादिङमा ४ वर्षमा ३ सय ३४ ले गरे आत्महत्या

धादिङ : लामा थरकी प्रेमिका विवाह गरेर घरमा ल्याउँदा पनि माइती पक्षले फर्काएर लगेको झोकमा थाक्रे ५ का २२ वर्षीय रविन चेपाले गत वर्ष २०७५ कार्तिक ८ गते विषादी सेवन गरेर आत्महत्या रोजे।

मृतकका दाइ ईश्वर चेपाले मृतक भाइका साथीहरु रमेश चेपासहित ७ जनाविरुद्ध आत्महत्या गर्न दुरुत्साहित गरेको मुद्धा दर्ता गराए। २३ दिन प्रहरी हिरासतमा बसेर भदौ ४ गते सबैले सफाई पाए। 

त्यस्तै गत वैशाख ७ गते त्रिपुरासुन्दरी-४, निवासी २४ वर्षीय मेनुका न्यौपाने (ढुंगाना)ले विषादी सेवन गरी मृत्यु भयो। नुवाकोट निवासी मृतक मेनुकाका भाइ वाशुदेव न्यौपानेले दाइजो माग गरेर कुटपिट गरेर मृत्यु भएको र मृत्यु पछि माइती पक्षलाई समेत पत्तो नदिएको आरोप लगाउँदै भिनाजु रुपेश ढुंनाविरुद्ध मुद्धा दर्ता गरे।

मृतक मेनुकाले विषादी सेवन पूर्व कसैविरुद्ध कुनै लिखित वा मौखिक प्रमाण छोडेकी थिइनन्। अदालतले असार १२ गते रुपेश ढुंगानालाई २५ हजार धरौटीमा मुक्त गर्‍यो। 

यी हुन् धादिङ जिल्लामा आत्महत्यापछि उत्पन्न परिस्थितिका प्रतिनिधि मुलक घटना। धादिङमा गत साउन महिनामा मात्रै १२ जनाले आत्महत्या गरे। आत्महत्या गर्ने अधिकांश विवाहित नै थिए। आत्महत्या गर्नेमध्ये ६ जनाले डोरीमा पासो लगाएर ६ जनाले विषादीको सेवनबाट मृत्यु भएको छ। 

धादिङ जिल्लामा हरेक वर्षजसो आत्महत्याको घटना बढिरहे पनि हरेक घटना शवको पोष्टमार्टम र प्रहरी अनुसन्धानमै टुंगिने गरेको थियो। तर ठीक एक वर्ष अगाडि २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताअनुसार आत्महत्यासँगै आत्महत्या गर्न प्रोत्साहन गरेको आरोपमा मुद्धा दर्ता हुन थालेका छन्।

उक्त ऐन लागु भएयता मात्रै जिल्लामा ४ वटा घटना प्रहरी र अदालतमा पुगेका छन्। छानविनकै क्रममा पनि छन्।  ऐनको परिच्छेद १२ को दफा १८५ उपदफा १ मा कसैले कसैलाई आत्महत्या गर्न गर्न दुरुत्साहन दिन नहुने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भनिएको छ।

त्यसो गरेमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ।

जिल्ला प्रहरी कार्यलय धादिङको रेकर्ड अनुसार आर्थिक वर्ष २०७२-०७३ मा धादिङ जिल्लामा ६२ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७३-०७४ मा आत्महत्या गर्नेहरुको सङ्ख्या ७५ पुग्यो।

आर्थिक वर्ष २०७४-०७५ मा अझै बढेर ९२ जना पुग्यो। र गत आर्थिक वर्षमा (०७५-०७६) ९३ जनाले आत्महत्या गरेको र चालु आवको साउन महिनामा १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए। 

धादिङमा चार वर्षको अवधिमा ३ सय २३ जनाले आत्महत्या गरिसकेका छन्। आत्महत्या गर्ने अधिकांशले झुण्डिर र विष सेवन गरेर गर्ने गरेका छन् भने केहीले हाम फालेर समेत आत्महत्या गरेका छन्।

धादिङको चार वर्षे तथ्यांक हेर्दा २ सय २५ जनाले झुण्डिएर, १ सय ९ जनाले विष सेवन गरेर र १ जनाले हाम फालेर आत्महत्या गरेका छन्। आत्महत्या पछि पोष्टमार्टम गर्ने झमेलाका कारण कतिपय ठाउँमा गुपचुप दाहसंस्कार पनि हुने गरेको छ। त्यस्ता घटनाको भने कुनैपनि रेकर्ड नरहने जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी रुपक खड्काले बताए। 'घटना थाहा पाएसम्म हस्तक्षेप गरेर भएपनि हामीले पोष्टमार्टम गराएकै हुन्छौं,' खड्काले भने, 'गुपचुप दाहसंस्कार हुने कुरा हाम्रो जानकारीमा पनि हुन्न र रेकर्डमा पनि छैन।'
 
आत्महत्या गर्नेहरुको ४ वर्षे आँकडा हेर्दा धादिङ जस्तो कम जनघनत्व भएको जिल्लामा यति धेरै आत्महत्या हुनु र वर्षेनी त्यो संङख्या बढ्दै जानु निकै भयावह अवस्था रहेको सिनियर मनोविमर्शकता राम कुमार थापाले बताए।थापाले भने, 'यो कारणले आत्महत्या गर्छन् भनेर ठम्याउन र ठोकुवा गरेर भन्न त गाह्रो हुन्छ तर विभिन्न समस्याले एकैपटक घेरेपछि मानिस दिमाग शून्य अवस्थामा पुग्छ र आफैलाई नष्ट गर्न अघि सर्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.