इँटा भट्टामा डोजर चल्यो (फोटो र भिडियो)

इँटा भट्टामा डोजर चल्यो (फोटो र भिडियो)

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका २ र ३ भकुण्डे क्षेत्रमा मापदण्ड नपुगेका इँटा भट्टामा आइतबार नगरपालिकाले डोजर र क्रेन चलाएर भट्टाको चिम्नी भत्काएको छ। त्यस क्षेत्रमा रहेको आठ इँटा उद्योगले नगरपालिकासँग गरेको करार सम्झौतालाई कार्यान्वयन गर्न अटेर गरेपछि आइतबार नगरपालिकाले भत्काएको हो। 

२०७५ पुस २८ गते इँटा उद्योगी र नगरपालिका बीच जिल्ला समवन्य समितिको हलमा नगरपालिका भित्र संचालनमा रहेको आठ इटा भट्टा ०७६ आसर मसान्त सम्ममा उद्योगीहरुले नै हटाई नगरलाई सहयोग गर्ने उल्लेख गरिएको थियो। 

पत्रमा मेयर, उपमेयर, वडाध्यक्ष र उद्योगीको तर्फबाट आठ भट्टाका आधिकारिक संचालन समितिका सदस्यले हस्ताक्षर गरिएको थियो। उक्त हस्ताक्षर सहमति कार्यक्रममा जिल्ला समवन्य प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको रोहबरमा भएको थियो। 

गत साल नगर कार्यपालिकाबाट भट्टा विस्थापित गर्ने निर्णय कार्यान्वयन गर्न भट्टा नविकरण कार्यमा आवश्यक  सिफारिस रोक्न भनि नगरले सबै वडामा समेत पत्रमार्फत परिपत्र गरिएको थियो। 

भट्टाको चिम्नी हाउने कार्यमा अवरोध पुर्‍याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अवरोध गर्न खोज्ने इँटा व्यवसायीहरु राम सुवाल, किशोर दाहाल र राजन भैनालोलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.